एसकेएमको सातौं स्थापना दिवसमा गोलेले भने- 25 फरवरीसम्म माग पुरा गर्नु नत्र 26 तारिक सिक्किम बन्द

गान्तोक 4 फरवरी ।


हिमाली राज्य सिक्किमको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा एसकेएमको सातौं स्थापना पूर्व सिक्किमको माइनिङ्ग खेल मैदानमा पालन गरियो । एसकेएम अध्यक्ष पिएस गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए । यसैगरी विधायकद्वय के एन लेप्चा र सोनाम लामा सहित चारै जिल्लाबाट पार्टी कार्यकर्ता अनि आम समर्थकहरूले उपस्थिती जनाएका थिए ।
स्थापना दिवसको अवसरमा पूर्व नोकरशाह एलपी तिवारी भाजपा सिक्किमका दक्षिण जिल्ला अध्यक्ष एल बी चौहान समेत स्वतन्त्र पञ्चायत सदस्य अनि अन्य पार्टी समर्थकहरूले एसकेएमको झण्डा समातेर पार्टीमा सामेल भए। उनीहरूलाई एसकेएमको अध्यक्ष पी एस गोलेले खादा लगाएर स्वागत जनाए।
आफ्नो सम्बोधन राख्दै अध्यक्ष सिक्किमका अस्थाइ कर्मचारीहरूको समस्या समाधान लगायत विभिन्न तीसवटा मुद्दामा एसडीएफ सरकारले आगामी 25 फरवरीसम्म पुरा नगरे 26 फरवरीको दिन सिक्किम बन्द गर्ने अल्टिमेटम दिएका छन् । यसैगरी मुख्यमन्त्री पवन चाम्लिङलाई राजनैतिक मैदानमै हराउने हाँक दिँदै उनलाई राजनैतिक सन्यास नलिनु तर चुनावी मैदानमा परास्त गर्ने बताएकाछन् । यसैगरी सिक्किममा एसकेएमको सरकार गठन गरेर जनतालाई शोषण दमनबाट मुक्ति दिने तथा जनताको सबै मांग पुरा गर्ने दाबी गरे। यसैगरि आफू चुनाउमा खडा हुन पाउने नपाउने विषयमा बोल्दै उनले पीएस गोले चुनाउमा खडा भएर मुख्यमन्त्री हुन राजनीतिमा नरहेको तर व्यवस्था परिवर्तनको निम्ति रहेको बताउँदै एसकेएम पार्टीमा एक सा एक पीएस गोले झै मुख्यमन्त्री बन्न सक्ने युवा नेतृत्वहरू तयार रहेको बताए।  कार्यक्रममा केही दिनअघि एसकेएमबाट बाहिरिएका नवीन कार्की हॄदय परिवर्तन भएपछि घर फर्किएका छन्। कार्यक्रममा युवा वरिष्ठ अनि नारी नेतृत्वहरूले आफ्नो सम्बोधन राखेका थिए। कार्यक्रममा एसकेएम पार्टीको वेबसाइट, एप आदि पनि लोकार्पण गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares