हाम्रो सिक्किम पार्टी त्यागे संस्थापक उपाध्यक्ष शाक्यले

गान्तोक, 05 फरवरी। हाम्रो सिक्किम पार्टी एचएसपी को संस्थापक उपाध्यक्ष प्रशासन रूद्र नरसिंह शाक्यले पार्टीप्रति बिमति जनाउॅंदै राजीनामा दिएपछि एचएसपीको एउटा स्तम्भ पार्टीबाट अल्लिगएर गएको छ। पहिलेबाटै पार्टी अध्यक्ष चयनको प्रक्रियामा राजनैतिक तारोको शिकार बनिरहेको एचएसपी पार्टीले अध्यक्ष मनोनित गरेपछि पनि पार्टीको ग्राफ बढ्नको साटो वरिष्ठ नेतृत्व वर्गमा आइरहेको मनमुटाउले घट्दौ स्थितिमा पुर्याउन थालेको छ। यसै क्रममा पार्टी गठनको समय पहिलो जनसभा पश्चिम सिक्किमको दरामदिनमा आयोजन हुॅंदा पार्टीको सहनाइके भाइचुंग भोटिया र आरबी सुब्बा पछि देखिएको स्पष्ट व्यक्ति रूद्र नरसिंह शाक्यले पार्टीबाट आजदेखि ओझेल बन्ने निर्णय गरेका छन्। दुई पन्ने राजीनामा पत्रमा आफूले राजीनामा दिनुको स्पष्ट कारण नबताए पनि पार्टीभित्र प्रजातान्त्रिक प्रणालीमा पारदर्शिता र सबै सदस्यहरूको विचारको कदर नभएको कारण हाम्रो सिक्किम पार्टी नेताहरूको विचारले नभएर एक व्यक्तिको इशारामा नाचेको अनुभव भएको बताउॅंदै पार्टीबाट बाहिरएका छन्। उनले राजीनामामा स्पष्ट रूपमा अध्यक्ष चयन प्रक्रियामा प्रजातान्त्रिक सिद्धान्तलाई अदेखा गरिएको गम्भीर आरोप लगाउॅंदै अध्यक्षको चयनमा पनि बहुमत नेताको विचारलाई नजरअन्दाज गरि पूर्व नियोजित ढंगमा काम गरिएको हुॅंदा म यस प्रति सन्तुष्ट छुइन, यसैले म आजदेखि हाम्रो पार्टीको उपाध्यक्ष र प्राथमिक सदस्यताबाट राजीनामा दिइरहेको भनी उल्लेख गरेका छन्। सिक्किमको राजनीतिमा पछिल्लो 28 वर्षदेखि सिक्किम प्रदेश कांग्रेसको  कार्यकर्ताको रूपमा काम गरे उपाध्यक्षको  पदबाट राजीनामा दिएर शाक्यले हाम्रो सिक्जकिम पार्टीमा आएका थिए। राजनैतिक परिवारबाट अघि आएका हुन् भने उनको पिताले राजशासनको समय 1950 देखि 1962 सम्म पूर्व जिल्लाबाट कार्यकारी पार्षद निर्वाचित भएर जनताको सेवा गरेको कुरा पनि आफ्नो राजीनामामा उल्लेख गर्दै आफू सॅंधै जनमुखी नीतिले बिरासतबाट पाएको सिद्धान्तलाई व्यक्तिगत स्वार्थ र राजनीतिक रोटी सेक्ने राजनीतिको निम्ति प्रयोग नगर्ने बताउॅंदै आफू सिक्किम र सिक्किमेलाई माया गर्ने र जनताको सेवा गर्नुको निम्ति सॅंधै राजनीतिमा रहीरहने तर 11 महीना अघि मात्र गठन भएको हाम्रो सिक्किम पार्टीभित्र प्रजातन्त्र नहुनुलाई अस्वीकार गर्दै पार्टीमा नरहने निर्णय गरेको बताए। उनले सत्तारूढ एसडीएफ पार्टीले 24 वर्ष शासन गरेर पनि सिक्किमको  कतिपय राजनीति मागहरू पूरा गर्नु नसकेको, जनताको जीवनस्तर माथि उठ्नु नसकेको आदि कुराहरू पनि उल्लेख गर्दै आफू राजनीतिमा रहीरहेको दाबी गरेेका छन्। उल्लेखनीय छ हाम्रो सिक्किम पार्टी गठनको समय पहिलो जनसभामा भाइचुंग भोटिया र आरबी सुब्बापछि सबै भन्दा सक्रिय नेताको रूपमा देखिएका थिए भने शाक्य लगायत अन्य धेरै नेताहरू अध्यक्ष चयन प्रक्रियामा सन्तुष्ट नरहेको पार्टीको आन्तरिक सूत्रबाट जानकारी आइरहेको भए पनि हाम्रो सिक्किम पार्टी त्याग्ने पहिलो संस्थापक सदस्य भने उनी बनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया