जसले टिकट पाए पनि हाम्रो नेता पवन चामलिङ, पार्टी एसडीएफ र चिनो छाताः तिलू गुरूङ

 

गान्तोक, 05 फरवरी। जनता मेला र एक परिवार एक नोकरीबाट साहुलियत र रोजगार पाउन छुटेकाहरूलाई सूचिकृत गर्न सत्तारूढ एसडीएफ पार्टीले राज्यभरि रहेको ग्राम पंचायत एकाईहरूमा विशेष ग्राम सभा आयोजन गर्यो। 4 फरवरीको दिन लगाइएको विशेष ग्राम सभामा गत 29 जनवरीसम्म चलेको सातवटा जनता मेलामा साहुलियत र सुविधाहरू पाउन योग्य रहेर पनि वंचित बनेकाहरूलाई समेट्नु रहेको थियो। यसैगरि, गत 12 जनवरीको दिन आयोजित रोजगार मेलामा सरकारी रोजगारको निम्ति नाम चढाउन छुटेकाहरूको निम्ति पनि सो सभा आयोजन गरिएको थियो। यसै क्रममा दक्षिण सिक्किमको नाामथांग रातेपानी निर्वाचन क्षेत्रको तांगजे बिकमत एकाईमा ग्राम सभा क्षेत्र विधायक श्रीमती तिलु गुरूंगको उपस्थितिमा सम्पन्न भयो। उनले आफ्नो निर्वाचन क्षेत्रमा पॉंच सय बेरोजगारहरूले सरकारी नोकरी पाएको तथा तांगजे बिकमत ग्राम पंचायतमा मात्र 64 परिवारले सरकारी नोकरी पाएको बताउॅंदै उनीहरूलाई बधाई तथा शुभकामना व्यक्ति गरिन्। यो ग्राम पंचायत एकाईले सॅंधै सत्तारूढ एसडीएफ पार्टीको कट्टर समर्थक भएर एक नम्बर एकाईको रूपमा काम गरिरहेको बताउॅंदै जनतालाई आउॅंदो चुनाउमा पनि त्यो एकता यथावत राख्नु पर्ने आह्वान गर्दै जो कोहीले पनि विधानसभाको निम्ति टिकट पाए पनि नेता पवन चामलिंग, पार्टी एसडीएफ र चिनो छातालाई जिताउनुपर्ने आह्वान गरिन्। निर्वाचन क्षेत्रमा रहेको नौंवटा ग्राम पंचायत एकाईहरूमा चारवटा एकाईमा अगावै सांगठनिक सभा भइसकेको बताउॅंदै अब रहल एकाईमा सभा सकेपछि चुनाउ प्रचारको निम्ति घर दैलो कार्यक्रम थाल्ने जानकारी पनि जनतालाई दिइन्। ग्राम सभामा सिक्किम राज्य एड्स नियन्त्रण समाजका कलाकारहरूले एचआईभी/एड्स रोगबारे सडक नाटक गरेर प्रभावशाली ढंगमा रोगबारे उपस्थित जनतालाई जानकारी गराएका थिए। यसै प्रकारको ग्राम सभा राज्यको चारै जिल्लाको ग्राम पंचायत एकाईमा आयोजन गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares