केकेकेएसले पठायो सर्वोच्च न्यायालयका मुख्य न्यायाधीशलाई पत्र: भने- राजनीतिक बाझाबाझबीच पीड़ित जनता अन्यायमा पर्नु हुँदैन

‘चिटफण्ड पीड़ित निवेशकहरूले पैसा फिर्ता नपाए आगामी दिनमा पहाड़का सबै निवेशकलाई एकै ठाउँ भेला गरी बृहत् र्‍याली निकाल्ने छौं,’ उनले भने, ‘यो घोटालामा जो जति दोषी छन्, उनीहरूमाथि कठोर कारबाही हुनपर्छ।। जति नै ठूलो व्यक्ति नै किन नहोस् कारबाही गरिएको हुनुपर्छ।’


कालेबुङ, 5 फरवरी


कालेबुङ कृषक कल्याण सङ्गठन (केकेकेएस)- का अध्यक्ष विष्णु छेत्रीले चिटफण्ड पीड़ितहरूले पैसा फिर्ता पाउनुपर्ने बताएका छन्। उनीअनुसार पहाड़मा विभिन्न चिटफण्ड कम्पनीहरूबाट लुटिएका जनताको सङ्ख्या 50 हजार छन्।

‘यी जनताले दैनिक काम गरेर जोगाएको पैसा ती कम्पनीहरूमा निवेश गरेका हुन्। उनीहरूले निवेश गरेका सबै पैसा फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो’, छेत्रीले भने, ‘हामीलाई सर्वोच्च न्यायालयमाथि पूर्ण आस्था छ।  यो सानो घोटाला होइन। धेरै ठूलो घोटाला हो। जस जसको पनि पैसा चिटफण्डमा डुबेको छ, ती सबै निवेशकहरूले आफ्नो सबै पैसा फिर्ता पाउनुपर्छ। उनीहरूले न्याय पाउनुपर्छ।’

उनले आज चिटफण्ड पीड़ितहरूले न्याय पाउनुपर्ने माग गर्दै सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश रञ्जन गोगोइलाई पत्राचार गरेको बताएका छन्। उनले न्यायालयले न्याय दिने विश्वास रहेको पनि बताए।

‘चिटफण्ड पीड़ित निवेशकहरूले पैसा फिर्ता नपाए आगामी दिनमा पहाड़का सबै निवेशकलाई एकै ठाउँ भेला गरी बृहत् र्‍याली निकाल्ने छौं,’ उनले भने, ‘यो घोटालामा जो जति दोषी छन्, उनीहरूमाथि कठोर कारबाही हुनपर्छ।। जति नै ठूलो व्यक्ति नै किन नहोस् कारबाही गरिएको हुनुपर्छ।’

छेत्रीअनुसार सम्पत्ति बेचेर भए पनि निवेशकहरूको पैसा फर्काइनु पर्छ। नफर्काए केकेएसले गणतान्त्रिक रूपमा बृहत् आन्दोलन गर्ने भएको छ।

‘यो मामिलालाई लिएर भइरहेको राजनीतिक बाझाबाझबीच पीड़ित जनताको आवाज र उनीहरूले पाउनुपर्ने न्याय ओझेलमा पर्नु हुँदैन,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares