उल्टो दिशा कुदिरहेको पहाड़

आलोचना

विनय तामाङ, अनित थापा, एल. बी. राई, शान्ता छेत्रीहरूको त कुरै नगरौं। उनीहरूले बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जी र तृणमूल काङ्ग्रेस पार्टीको नुन खाएका छन्। नुनको ॠण त तिर्नै पऱ्यो अब। तिनीहरूको पछि कुद्ने हामी जनताहरू पो के भाको?  हिजअस्तीसम्म त्यही सड़कमा बङ्गाल हाम्रो चिहान हो भन्दै हिँड़ेको अहिले त्यही सड़कमा बङ्गालको निम्ति ज्यान दिन्छौं भन्दैछौं। त्यो सड़कमा अहिले पनि हाम्रो शहीदहरूको शरीरबाट बगेको रगतको टाटाहरू होलान्। कठै! ती शहीदहरू जसले हामी जस्तो निर्लज्ज सन्तानको निम्ति आफ्नो प्राण आहुति दिए – कठै! ती शहीदहरूको परिवार जसले हामी जस्तो स्वार्थी जनताको निम्ति आफ्नो मुटुको टुक्रा गुमाए। जस जसको शारदा – रोजभेल्ली – बसिल इत्यादि कम्पनीहरूमा लगानी गरेर आफ्नो रकम डुबेको छ उनीहरूको रकम फिर्ता हुनपर्छ कि पर्दैन?


देव खम्बु राई


भर्खरै विनय तामाङ समर्थित समुहले पहाड़मा निकालेको जुलुस, तिनीहरूले सि. बी. आईको विरूद्धमा टाँसेको पोस्टरहरूको बारेमा हजुरहरूको के सोच छ?

के त्यो जरूरी थियो?

मलाई त विनय तामाङ समुहको त्यो जुलुस,  त्यो पोस्टर टाँस्ने कार्यक्रम एकदमै असान्दर्भिक लाग्यो। कम से कम पहाड़को मौलिकतालाई बँचाई राख्नु हो भने तिनीहरूले त्यो कार्यक्रम नगर्नु पर्ने थियो। पश्‍चिम बङ्गालको अरू क्षेत्रमा तृणमूल काङ्ग्रेस पार्टीले यस्तो कार्यक्रम गऱ्यो – पहाड़मा विनय तामाङ समुहले।

मलाई त अचेल विनय तामाङ समुह एउटा सस्तो कपड़ा झैं लाग्न थालेको छ। सस्तो कपड़ा जति धुँदै गयो उति रङ खुइलिँदै जान्छ। त्यसतै विनय तामाङ समुह पनि जति पुरानो भयो उति खुइलेर तृणमूल काङ्ग्रेसको रङमा आउन थालेको छ।

आज मैले यो लेखमा विनय तामाङको पार्टी लेखिन। केवल समुह लेँखे। कारण विनय तामाङको पार्टी कुन हो? गोजमुमो पार्टी भनौं भने असली गोजमुमो पार्टी अर्कै छ। तृणमूल काङ्ग्रेस पार्टी भनौं भने असली तृणमूल काङ्ग्रेस पार्टी अलग्गै छ।

देवल घड़ीको पेन्डुलम जस्तो यत्ता उत्ता हल्लिरहने विनय तामाङको पछि हिँड़नेहरू केवल समुह मात्र हुन्। पार्टी भन्न सुहाउँदैन। कुनै पनि पार्टीको एउटा सविंधान हुन्छ – सिद्धान्त हुन्छ – लक्ष्य हुन्छ। विनय तामाङ समुहको त्यसतो केही छ जस्तो मलाई लागेन।

विनय तामाङ समुहको निम्ति तृणमूल काङ्ग्रेस नेत्री ममता व्यानर्जी नै सविंधान – ममता व्यानर्जीले जे निर्णय लिन्छ त्यो नै सिद्धान्त र ममता व्यानर्जीलाई खुशी तुल्याउनु नै एकमात्र लक्ष्य हो जस्तो छ।

सि. बी. आई एउटा संवैधानिक स्वतन्त्र संस्था हो। केन्द्रमा रहेको भाजपा सरकारले सि. बी. आईलाई तृणमूल काङ्ग्रेस विरूद्ध राजनैतिक द्वेष राखेर प्रयोग गरेको हो वा होइन त्यस विषयमा हामी पहाड़वासीलाई लुतो न कनाइ हुन पर्ने हो।

त्यो विषय भारतवर्षको दुई प्रमुख राजनैतिक दल बिचको कुरा हो। भाजपा र तृणमूल काङ्ग्रेस बिचमा पर्नु हामी पहाड़वासीलाई के मतलब? केन्द्रमा रहेको भाजपा सरकारको दवाबमा आएर सि. बी. आईले यो पदक्षेप लिएकोमा खुशी हौं भने भाजपाले पनि हामीलाई दिएको बचन पुरा गरेको छैन – तृणमूल काङ्ग्रेस सुप्रिमो ममता व्यानर्जीको पक्षमा दु:खी हुने त झन् कुरै भएन। कारण तृणमूल काङ्ग्रेसको सुप्रिमो ममता व्यानर्जीले हाम्रो गोर्खाली दाजु भाई मार्न लगाएका हुन् – घरबार उजाड़ेको छ – हामीलाई खुनको आँशु रूवाएको छ।

हामी पहाड़वासी किन यति छिटो आफ्नो दु:ख दर्दहरू भुल्छौं? मलाई अचम्भ लाग्छ। त्यहि मुख्यमन्त्री जसले भारतवर्षको इतिहासमा गोर्खा जातिलाई एउटा पत्रु धरि सम्झेनन्। आफ्नो हक र अधिकार माग्दा बन्दुकको गोली हाने – जेल बन्दी बनाए।

झुटा मुद्दाहरू ठोकेर निर्वासित जीवन जिउन बाध्य बनाए। त्यस्ताको समर्थनमा जुलुस र पोस्टरहरू टाँसेर यो पहाड़वासीले के दर्शाउनु चाहेको हो? के त्यसो भए बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जी आफ्नो निर्णयमा ठिकै थिए त?

के गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन मुख्यमन्त्री ममता व्यानर्जीले जुन हथकण्डाहरू अपनाए त्यो सबै जायज थियो त? हामी पहाड़वासी आफैले आफैलाई के देखाउन खोजिरहेको छौं? भनिन्छ – ईख नभएको मान्छे र बिख नभएको सर्प काम लाग्दैन। के हामी ईख नभएको जाति नै भयौं अब?

किन सबै मिली बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीलाई बङ्गालको शासनबाट सत्ताच्युत गर्ने ईख नलिनु? एकपल्ट बिचार गरौं।

विनय तामाङ, अनित थापा, एल. बी. राई, शान्ता छेत्रीहरूको त कुरै नगरौं। उनीहरूले बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जी र तृणमूल काङ्ग्रेस पार्टीको नुन खाएका छन्। नुनको ॠण त तिर्नै पऱ्यो अब। तिनीहरूको पछि कुद्ने हामी जनताहरू पो के भाको?

हिजअस्तीसम्म त्यही सड़कमा बङ्गाल हाम्रो चिहान हो भन्दै हिँड़ेको अहिले त्यही सड़कमा बङ्गालको निम्ति ज्यान दिन्छौं भन्दैछौं। त्यो सड़कमा अहिले पनि हाम्रो शहीदहरूको शरीरबाट बगेको रगतको टाटाहरू होलान्।

कठै! ती शहीदहरू जसले हामी जस्तो निर्लज्ज सन्तानको निम्ति आफ्नो प्राण आहुति दिए – कठै! ती शहीदहरूको परिवार जसले हामी जस्तो स्वार्थी जनताको निम्ति आफ्नो मुटुको टुक्रा गुमाए।

जस जसको शारदा – रोजभेल्ली – बसिल इत्यादि कम्पनीहरूमा लगानी गरेर आफ्नो रकम डुबेको छ उनीहरूको रकम फिर्ता हुनपर्छ कि पर्दैन?

विनय तामाङहरूले यसको जवाब दिनुपर्छ। विनय तामाङहरूले आफ्नो स्वार्थमा दार्जीलिङ पहाड़वासीलाई गलत दिशा निर्देश गर्नु अब बन्द गर्नुपर्छ। अहिले जुन रफ्तारले यो हाम्रो पहाड़ उल्टा दिशातर्फ कुदिरहेको छ नि त्यही रफ्तारले अझ पाँच वर्ष हामी कुदिरह्यौं भने हामीलाई त्यसपछि बङ्गोपसागरमा खोज्दा हुन्छ।

त्यतिबेला हामी गोर्खाली जाति माछाको चारो भइसकेको हुनेछौं – हाम्रो चोक्टा लाम्टा बङ्गोपसागरको माछाले लुछिसकेको हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया