बन्द डाक्ने एसकेएम अध्यक्षले केन्द्र र राज्य सरकारले गर्नुपर्ने कामबारे अध्ययन गरूनः भीम दाहाल

गान्तोक, 8 फरवरी। हिमाली राज्य सिक्किममा आउँदो चुनाउलाई ध्यानमा राखेर चर्चिएको राजनैतिक क्रिया प्रतिक्रियामा विपक्षी दल एसकेएमले आफ्नो सातौ स्थापना दिवसमा गरेको सिक्किम बन्दको घोषणा र पार्टीका नेताहरूको भाषणलाई सत्तारूढ एसडीएफ पार्टीले एउटा पत्रकार सम्मेलन आयोजन गरेर समालोचना गर्दै उनीहरूको आरोपको बुँदागत रूपमा खण्डन गरेको छ। एसडीएफ पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार भीम दाहालले आगामी 25 फरवरीसम्म विभिन्न 30 वटा मुद्दा समाधान नगरे 26 तारिक सिक्किम बन्द गर्ने एसकेएम अध्यक्ष पीएस गोलेको घोषणालाई सिक्किमको शान्तिमाथि धम्कि बताउँदै एसकेएम अध्यक्ष गोले स्वयंले पहिले आफूले दाउमा हालेको मुद्दाहरू कुन राज्य सरकारले पुरा गर्ने र कुन केन्द्र सरकारले पुरा गर्ने अधिकार रहेको पहिले अध्ययन गर्नुपर्ने सुझाउ दिएका छन्। उनले एसकेएमले पहिले लिम्बू तामाङलाई कताबाट कुन फरमूलामा आसन आरक्षण गर्नुपर्ने आफ्नो अडान स्पष्ट राख्नु पर्ने तथा 11 जात गोष्ठीलाई जनजातिको मान्यता दिने मामिलामा पनि राम्रो अध्ययन गर्नुपर्न होमवर्क दिएका छन्। उनले एसकेएम अध्यक्ष गोलेले केन्द्र सरकारको अधिनमा रहेको राज्य सरकारको अधिनमा रहेको र दुवै मिलेर गर्नुपर्ने नियम समेत नबुझेर खिचडीपाराले अशान्ति सिर्जना गर्नको निम्ति मात्र बन्द डाक्ने धम्कि दिएर हिंसामा विश्वास राख्ने पार्टी भएको कारण सिक्किमे जनतालाई अस्तव्यस्त बनाउने उद्देश्य बोकेको बताए।
यसैगरि उनले लिम्बू तामाङको आसन आरक्षणको निम्ति एसकेएम पार्टी स्वयं सिक्किमको नेपाली विरोधी तथा बहुसंख्यक विरोधी जातिवादी संगठन सिब्ल्याकद्वारा सञ्चालित भएको आरोप लगाउँदै सिब्ल्याक र एसकेएमका विधायक कुङ्गा निमा लेप्चा र सोनाम लामाले 8 अगस्त 2018 बुधबारको दिन अहिलेको विधानसभा आसनबाटै दिनुपर्छ भन्ने केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई ज्ञापन दिएको छ य़सकारण एसकेएम सिक्किमे नेपाली विरोधी पार्टी रहेको तथा सामान्तीहरूको दलाल पार्टी रहेका आरोप लगाए। यसैगरि सिक्किमलाई अस्तव्यस्त पार्छु भन्ने धम्कि दिएको कुरालाई पनि जनताको पक्षमा प्रशासनले नै कार्वाही गर्ने पनि बताए।
यसैगरि एसकेएम पार्टीको विधायक सोनाम लामाले स्थापना दिवसमा दिएको भाषण पूर्ण रूपमा असंसदीय रहेको तथा त्यसले पच्चिस वर्षदेखि सिक्किमका लाखौं जनताले मतदान दिएर मुख्यमन्त्री चयन गरेको नेता पवन चामलिङलाई गाली गरेर लाखौं जनताको जनमतलाई समेत अवहेलना गरेको महासचिव सुश्री कविता सुब्बाले बताइऩ्। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विधायक लामाको वक्तव्यको खण्डन गरिन। यसैगरि एसकेएम पार्टीले आफ्नो स्थापना दिवस नारी सशक्तिकरणको नारा दिएर पालन गरेको भए पनि एसकेएम अध्यक्ष पीएस गोलेले लगभग दुइ घण्टासम्म दिएको भाषणमा कही पनि नारीको उत्थान र उन्मुक्तिको निम्ति कुनै कार्यक्रम अनि नीति घोषणा नगर्नुले स्पष्ट रूपमा एसकेएम पार्टीले नारीको अधिकारको संवेदनाको राजनैतिक व्यापार मात्र गरिरहेको स्पष्ट भएको दाबी गरिन्। उऩले एसकेएमले एसडीएफ पार्टीले भन्दा दोब्बर नारीलाई अधिकार र सम्मान दिने कुनै नीति कार्यक्रम नल्याएर आफूले नारीको सम्मानमा ढोङ मात्र गरिहेको स्पष्ट भएको बताए।
यसैगरि एसडीएफका अर्का प्रचार महासचिव अम्बर राईले एसकेएम पार्टीले आफूलाई युवाहरूको पार्टी भएको दाबी गर्ने गरेको तर त्यो पार्टीको नेता स्वयं एसडीएफले नै युवा अवस्थामा टिकट दिएर मन्त्री बनाएपछिको उपज रहेको हुनाले उनीहरूले अहिले युवाको पार्टी भन्दै दाबी गरेको कुरा एसडीएफ पार्टीले 1994 देखि नै लागु गरिरेहका बताए। उऩले पीएस गोलेलाई 25 वर्षको उमेरमा एसडीएफका नेता पवन चामलिङले टिकट दिएर मन्त्री बनाएको कुरा विर्सिएर अहिले एसडीएफमा युवाहरू छैन युवालाई ठाउँ छैन भन्न हाँस्यस्पद रहेक र आफू स्वयं एसकेएमका अध्यक्ष भन्दा धेरै युवा रहेको र एसडीएफ पार्टीमा रहेको बताए। यसैगरि उनले युवाहरूको पार्टी भनिने एसकेएममा 80 लगिसकेका बुढाहरूले सामेल भइरहेको कुराले नै युवाको परिभाषा स्पष्ट हुने बताए। उनले विधायक सोनाम लामाको भाषणको समालोचना गर्दै अध्यात्मिक ज्ञानको प्रवचन निस्किने मुख बन्दुकको पोरा जस्तो भएको बताउँदै यस्तो नेताहरूको सरकार आयो भने बौद्ध धर्मको सिद्धान्तलाई गलत साबित गर्नसक्ने आशंका व्यक्त गरे। यसैगरि एसडीएफका प्रचार महासचिव कृष्ण लेप्चाले एसकेएमले डाकेको बन्द पूर्ण रूपमा सिक्किमको शान्ति विरोधी रहेको अनि अन्य क्षेत्रमा यस्तो बन्दले के कस्तो प्रभाव पारेको छ त्यो सिक्किमे जनताले बुझेको छ भनि बताउँदै एसकेएमको बन्दको विरोध गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares