एसडीएफ नामथाङ रातेपानीले ग्राम पञ्चायत एकाईमा बनाइसक्यो चुनाउ समिति

गान्तोक, 9 जनवरी। हिमाली राज्य सिक्किमको आउँदो चुनाउलाई ध्यानमा राखेर सत्तारूढ एसडीएफ पार्टीले प्रत्येक निर्वाचन क्षेत्रको निम्ति चुनाउ प्रचार प्रभारी नियुक्त गरेर ग्राम पञ्चायत स्तरसम्म चुनावी समिति गठन गरेर प्रचार प्रसार तिब्र पार्दै लगिरहेको छ। यसैक्रममा दक्षिण जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्रभारी तथा विधायक तिलू गुरुङको नेतृत्वमा 9 वटा ग्राम पञ्चायत एकाईमा चुनाउ प्रचार समिति गठन गर्ने प्रक्रिया शनिबार सम्पन्न गरेको छ।

शुक्रबार नवौं दिन पसी रातेपानी ग्राम पञ्चायतमा सभा आयोजन गरेर समित गठन गरियो। यस अवसरमा एसडीएफका दक्षिण जिल्ला उपाध्यक्ष सोनाम ग्याछो भोटियाको उपस्थिति रहेको थियो। नामथाङ रातेपानी निर्वाचन क्षेत्रको सबै ग्राम पञ्चायत एकाईमा समिति गठन गरिसकिएको तथा अब उसो पार्टी कार्यकर्ताहरूको साथमा लागेर घर दैलो प्रचार अभियानमा लागिपर्ने जानकारी चुनाउ प्रचार प्रभारी तथा विधायक तिलू गुरुङले बताइन। उनले वार्डस्तरमै समिति गठन गरिसकेको बताए। यसैगरि प्रत्येक चुनाउमा पनि नामथाङ रातेपानी जनताले टिकट पाउनेलाई भन्दा सधैं नेता पवन चामलिङ र एसडीएफ पार्टी अनि यसको चिनो छातालाई हेरेर काम गर्ने गरेको हुनाले कुनै पनि चुनाउमा सहजतासित जनताले आफ्नो काम गरेर आउने नेताहरूलाई सरकारले दिएको जिम्मेवारीको जुवामा राखेर हलीको रूपमा काम लगाउने काम गरिरेहको बताए। उनले 2014 सालमा विपक्षी दल एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेलाई चुनाउमा हराएको कुराबारे सोधिएको प्रश्नमा उक्त चुनाउमा पनि उस्तो कुनै चुनौती नभएको अनि जनताले आफ्नो कर्तव्य  नेता र पार्टी राम्रोसित चिनेको हुनाले 1994 सालदेखि निरन्तर यो पार्टीलाई जिताउँदै आएको इतिहास कायम नै राखेको बताइन्।

उल्लेखनीय छ राज्यको चारै जिल्लाका सबै निर्वाचन क्षेत्रमा चुनाउको निम्ति समष्टि स्तरीय प्रभारी र पर्यवेक्षक नियुक्तिको प्रक्रिया एसडीएफ पार्टीले गरिसकेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares