चुनाउमा 30 प्रतिशत महिला उठाउने चामलिङको घोषणालाई स्वागत गर्दै महिलाहरू

गान्तोक, 10 फरवरी । सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट एसडीएफ ले आउॅंदो विधान सभा चुनाउमा 30 प्रतिशत सीट महिलाहरूको निम्ति आरक्षित गर्ने पार्टी अध्यक्षको घोषणापछि यो विषयलाई लिएर एसडीएफ समर्थक महिलाहरूमा खुशीको लहर छाएको छ। यसैगरि, मुख्यमन्त्री तथा पार्टी अध्यक्ष पवन चामलिङले 30 प्रतिशत महिलाहरूलाई आसनमा टिकट दिने घोषणालाई नयॉं संकथनको रूपमा लिॅंदै एसडीएफ पार्टीले आफ्नो सरकार स्थापनाकालदेखि नै महिलाहरूको निम्ति उदाहारणीय कार्यहरू गर्दै नारी सशक्तिकरणको निम्ति महत्वपूर्ण नीतिहरू अवलम्बन गरेको एसडीएफ चेली मोचाका समर्थकहरूको भनाइ छ।

यसै क्रममा दक्षिण सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रकी विधायक तथा महिला प्रतिनिधि तिलु गुरूङले एसडीएफ सरकारको नीति नै नारी सशक्तिकरण केन्द्रित रहेको हुनाले सिक्किममा पहिलोपल्ट विधानसभा अध्यक्ष जस्तो गरिमामय पदमा नारीलाई पुर्याएर सम्मान गरेको उदाहारण दिॅंदै एसडीएफ सरकारले 25 वर्षदेखि महिला उन्मुक्तिको निम्ति काम गरिरहेको र त्यसै अन्तर्गत आफूले पनि जन प्रतिनिधि भएर पार्टीको नीति र सिद्धान्तलाई जनताको निम्ति काम गर्न पाइरहेकोमा पार्टी र नेताप्रति आभार प्रकट गरिन्। यसैगरि, आउॅंदो विधानसभा चुनाउमा महिलाहरूलाई 30 प्रतिशत आसनमा मौका दिने पार्टीको नेताको घोषणा सराहनीय र उदाहारणीय रहेको बताइन्। उनले छिमेकी राज्य पश्चिम बंगालमा स्वयं महिला मुख्यमन्त्री भएर पनि यस प्रकारको सोंचलाई सार्वजनिक नगरेको, तर सिक्किमका मुख्यमन्त्री तथा पार्टीका  नेताले गरेको कार्यप्रति नामथाङ रातेपानीलगायत सम्पूर्ण सिक्किमेली चेलीहरूको तर्फबाट आभार प्रकट गरिन्।

यसैगरि, स्थानीय चेली मोर्चा समर्थकहरूले पनि एसडीएफ अध्यक्ष चामलिङको घोषणाको स्वागत जनाउॅंदै यस्तो कार्यले पार्टीप्रति अझ प्रतिबद्ध र सक्रिय भएर काम गर्ने महिलाहरूमा उत्साह थपिएको बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares