प्रतिभा खोज्न जेटिभीको जस्ट डान्स

महेन्द्र बागदासले हँसाउन अघि भने, ‘गहिरिएर हेर्नु भयो भने कलाकारहरू  भीरपहराले नै जन्माएका छन्। दुर्गम बस्तीहरूले नै जन्माएका छन्। यो जन्माउने काम गाह्रो हो। जलढकामा त्यही गाह्रो काम थालिएको रहेछ। यो भन्दा खुशीको कुरा अर्को के हुन्छ?’


झोलुङ, 11 फरवरी


1 बजी हुने कार्यक्रम 4 बजीदेखि शुरु भयो। ढिलो हुनुको तीनवटा कारण थियो। एउटा झरी, दोस्रो नेटवर्क र तेस्रो दार्जीलिङका प्रायोजक एवं अतिथि निर्णायक प्रियङ्का ठटालको प्रतीक्षा। तीनदिनदेखि बिएसएनएलको नेटवर्क हरायो। नेकवर्क हराएकोले  आयोजकले न त अतिथिहरूलाई सम्पर्क गर्न सके न त दर्शकहरूलाई।

हाँस्यकलाकार महेन्द्र बागदास 12 बजी नै पुगेका थिए। हल सुनसान थियो। निबन्धकार एवं पत्रकार अजय खड्का छटपपट्टिरहेका थिए। कतै जाउँ त झरी छ। फोन गरौं त नेटवर्क छैन। उनीजस्तै बोलाइएका केही अतिथिहरू फोन खेलाइरहेका थिए।

3 बजीदेखि भने मानिसहरू आउन थाले। 4 बजी भरिएको हलमा कार्यक्रम शुरु भयो।

‘झरीको कारण कार्यक्रम ढिलो भयो,’ उद्घोषक प्रमेश गुरुङले शुरुमा नै माफी मागे। त्यसपछि शुरु भएको कार्यक्रम रोकिएन। 9 बजी राती मानिसहरू हलबाट निस्किए।

0

महेन्द्र बागदासले हँसाउन अघि भने, ‘गहिरिएर हेर्नु भयो भने कलाकारहरू  भीरपहराले नै जन्माएका छन्। दुर्गम बस्तीहरूले नै जन्माएका छन्। यो जन्माउने काम गाह्रो हो। जलढकामा त्यही गाह्रो काम थालिएको रहेछ। यो भन्दा खुशीको कुरा अर्को के हुन्छ?’

जेटिभीले 2018 मा थालेको जस्ट डान्सको फिनाले प्रमुख प्रायोजक शशिकुमार गुरुङको परिवारमा दुःखद घटना घटेकोले 2019 मा भयो। 9 जनवरी झोलुङको देउराली रङ्गशालामा 10 प्रतियोगीहरू आइपुगेका थिए। उनीहरूको अन्तिम परीक्षा थियो। दार्जीलिङका कलाकार पन्नु गजमेर प्रमुख निर्णायकको भूमिका निर्वाह गर्न पुगेकी थिइन्। क्षेत्रका चर्चित गायिका गौरी राई, नर्तकी पारु राई पनि पुगेकी थिइन्।

जेटिभीका निर्देशक दिवाकर सार्की निक्कै छटपट्टिरहेका थिए।

‘धन्न सहयोगी मनहरू साथ थिए र कार्यक्रम गर्न सकियो,’ दिवाकरले भने, ‘समाज निर्माणको काम गर्नु धेरै चर्को हुँदोरहेछ। यसलाई कसरी निरन्तरता दिनुपर्ने हो, चिन्ता लाग्न थालेको छ।’

उनलाई लाग्छ रे, झोलुङ बाँझो ठाउँ हो। यहाँ कलाकारहरू उम्रन्छन् र मर्छन्। उम्रिएकालाई संरक्षण गर्नुपर्छ भन्ने चेत अहिलेसम्म पलाउन सकेको छैन। रोङ्गो, दलगाउँ, गैरीबासजस्ता निकटका ठाउँहरूबाट धेरै ठूलो कलाकारहरू जन्मिसक्दा पनि झोलुङवरपरबाट भने  निस्कनै सकेन।

‘बिहेतिर जाउँ नाच्नेहरू नै हुन्छन्। पिक्निक हो कि बर्थ डे होस्, सानादेखि ठूलासम्मै कम्मर मर्काउनेहरू छन्,’ भने उनले, ‘उनीहरूभित्र पनि राम्रा कलाकारहरू होलान्जस्तो लाग्यो र जस्ट डान्स ट्यालेन्ट हन्ट गरेको। तर धेरै साह्रो काममा हात हालेछु।’

उनले निकटका दाजु शशिकुमार गुरुङलाई आफ्नो योजना सुनाएछन्। शशिकुमारले उनलाई धाप मारेर भने रे, ‘कुनै पनि राम्रो काम गर्नेहरूसित म साथ छु। तिमी काम थाल, म सहयोग गर्छु।’

‘उनकै भरले कार्यक्रम थालें, पछि त सबै सहयोगी मनहरू जोडिँदै आए,’ सुनाए दिवाकरले, ‘मैले एउटा कुरा थाहा पाएँ, राम्रो काम गर्नेलाई सबैले माया गर्दोरहेछ।’

10 प्रतियोगीले जब आफ्नो प्रस्तुति थाले तब माहौल तात्तियो। सबैले रोचक प्रस्तुति दिए। पन्नु जगमेरले भनिन्, ‘यहाँ धेरै राम्रा कलाकारहरू रहेछन्, उनीहरूले सही मञ्च पायो भने आफूलाई प्रमाणित गर्न सक्छन्।’

प्रतियोगीहरूले नाचिरहेको देखेपछि उनले मन थाम्न सकिनन्। उनी पनि नाच्न मञ्च चढिन्। गौरी राई शुरुदेखि नै निर्णायक थिइन्। उनले त नाचिनन् मात्र गाएरै पनि सुनाइन्। हाँस्य कलाकार महेन्द्र बागदास हँसाउन कै लागि आएका थिए। दर्शकहरू भुँडी मिचिमिचि हाँसे। बागदास भने हसाउँदा हसाउँदै मानिसहरूले आफ्नो हिस्साको जिम्मेवारी भुल्नु नहुने पनि बताइरहेका थिए।

शशिकुमार गुरुङले पहिलो पुरस्कारमा 25 हजार रुपियाँ प्रायोजना गरिदिएका थिए। 15 हजार रुपियाँको दोस्रो पुरस्कार राजेश गुरुङ अनि 10 हजार रुपियाँको तेस्रो पुरस्कार अरुण गुरुङले प्रायोजना गरिदिएका थिए। दार्जीलिङ कि कलाकार प्रियङ्का ठटाल यल्मोले मायाको चिनो प्रायोजना गरेकी थिइन् तर उनी कार्यक्रममा आइपुग्न पाइनन्।

जस्ट डान्स 2019 को खिताब भने बानरहाटका अरुणचन्द्र रोयले जिते। दिस्रो र तेस्रो खिताब भने गैरीबासकी प्रश्वेता गुरुङ र बिन्नागुढीकी अस्मिता सोनारले जितिन्। अतिथिहरूले उनीहरूलाई ट्रपी र नगद पुरस्कार थमाए।

‘यसपाली यस्तै भयो। सकेजति राम्रो गर्ने कोशिश गरियो,’ कार्यक्रम सकेर दिवाकरले भने, ‘सबैको सहयोग पाइयो भने अर्कोवर्ष फेरि यही रङ्गशालामा भेटौंला।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया