एसआरपीले बाहेक एलटीलाई आसन र 11 जातलाई जनजाति कस्सैले दिलाउँनु सक्दैनः केबी राई

गान्तोक, 11 फरवरी । सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले लिम्बूतामाङलाई सीट आरक्षण र छुटेका 11 समुदायलाई जनजातिको मान्यता एसआरपी बाहेक अरू कुनै पनि राजनीतिक दलहरूले दिलाउन नसक्ने ठोकुवा गरेको छ। एसआरपी बाहेक राज्यका सबै राजनीतिक दलहरू सामन्ती अवशेषको चपेटमा रहेको हुदॉं उनीहरू उक्त राजनीतिक मागहरू पूरा गर्न असक्षम रहेको आरोप पनि एसआरपीले लगाएको छ। प्रेस क्लबमा सोमबार आयोजित एक पत्रकार सम्मेलनमा एसआरपी अध्यक्ष केबी राईले यस्तो कुरा गरेका हुन्।

लिम्बू तामाङको सीट आरक्षण र छुटेका 11 समुदायको जनजाति मान्यता विषयमा बोल्दै एसआरपी अध्यक्ष राई सत्तारूढ़ एसडीएफ पार्टीमाथि निकै बर्सिए। उनले भने, ‘एसडीएफले 2019 अघिसम्म लिम्बू र तामाङले सीट पाउने घोषणा गरेको थियो। अहिले आफूले सीट दिलाउन नसक्ने भएपछि अरूहरूलाई दोष्याउॅंदैछ। सीट आरक्षणको मामिलामा वर्तमान सरकारले 15 वर्षसम्म जनतालाई अन्धकारमा राख्यो।बहुसंख्यकहरूको मतले बनिएको सरकारलाई कानून सच्याउने र प्रस्ताव ग्रहण गर्ने पूर्ण अधिकार छ भन्दै सीट आरक्षण हुनु नसक्नुमा विपक्षीहरूलाई दोष्याएकोमा उनले प्रश्न गरे।

एसडीएफ सरकारले बहुसंख्यकहरूलाई अधिकार दिलाउन अहिलेसम्म केही नगरेको उनले आरोप लगाए। लिम्बू र तामाङको सीट आरक्षण र छुटेका 11 समुदायलाई जनजातिको मान्यता दिलाउने सिक्किम सरकारको प्रस्तावलाई भारत सरकारले अस्वीकार गरिसकेको कुरा हाम्रो सिक्किम पार्टीले प्रकाशमा ल्याएको उनले बताए। यस कारण अब एसडीएफसित अरू कुनै फर्मूला नरहेको हुॅंदा एसडीएफ सत्तामा रहुन्जेल लिम्बू र तामाङले कहिले पनि न्याय नपाउने उनले दाबी गरे।

यसैगरि, विपक्षी एसकेएम र एचएसपी पनि एसडीएफ सरह सामन्ती सोचकै चपेटमा परेको हुनाले उनीहरूले पनि यस विषयमा केही गर्न नसक्ने उनले ठोकुवा गरे। उनले एसआरपी सरकारमा आएको खण्डमा प्रजातान्त्रिक सिद्धान्त अनुसार एसआरपीले सबै जातिलाई न्याय दिलाउन सक्ने दाबी गरे। उनले भने, ‘एसआरपी सामन्ती सोचको चपेटमा छैन र छुन पनि सक्दैन। एसआरपीले सामन्ती सोचलाई सच्याउने हिम्मत राख्दछ।

अर्कातिर, एसआरपी अध्यक्ष राईले नागरिकता संसोधन विधेयकको पनि विरोध गरे। उनले यो विधेयकले देशमै सबै भन्दा पहिला सिक्किमलाई प्रभाव पार्नेछ भने। उनले 4 लाख भन्दा केही धेरै मतदाता भएको सिक्किम राज्यमा यदि साढ़े चार लाख नयॉं मतदाताहरू थपिएको खण्डमा सिक्किमेहरूले नगर पञ्चायतमा पनि उठ्नु नसक्ने स्थिति उत्पन्न हुने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares