गाउँमा सड़क आएपछि सरकारलाई धन्यवाद

गान्तोक, 12 फरवरी। सोमबार साँझपख १६ तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत लोवर कम्बल वार्डका जनताले क्षेत्र विधायक तथा सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री  उगेन ग्याछो भोटियालाई दुर्गा मन्दिरमा निमत्याएर भब्य स्वागतका साथ अभिनन्दन गऱ्यो। सरकारद्वारा लोवर कम्बल दुर्गा मन्दिरसम्म गाडी कुद्ने सडक निर्माण गरिदिएकोमा जनता धेरै खुसी रहेको बताउँदै अब उसो सोही दुर्गा मन्दिरको बडोत्तरी गरिदिने निवेदन पनि टक्रयाए। क्षेत्र विधायकले दुर्गा मन्दिर निर्माण हेतु सरकारद्वारा हर सम्भव सहायता गर्नेछ भन्ने अाश्वासन दिँदै गाउँले जनताको एकता अनि सकारात्मक पहलको सरहानिया गरे। उक्त कार्यक्रममा वार्ड पञ्चायत, भूतपुर्व वार्ड पञ्चायत अनि जमीन दाताहरूलाई क्षेत्र विधायकका बाहुलीद्वारा स्मृति पत्र अनि स्मृति चिन्ह प्रदान गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया