रङमा जीवन सङ्घर्ष र युद्ध विभिषिका

गान्तोक, 12 फरवरी।


एउटा कलाकारको प्रारम्भीक जीवनको सङ्घर्षको कथा व्यथालाई सिरियाको नरसंहार र विश्व युद्धको पीडासित मुछेर तयार पारिएको पीड़ादायक अतितलाई द पिपल्स स्टुडियोमा प्रदर्शन गरिएको छ।

हिमाली राज्य सिक्किम आफू शान्तिको प्रतिक भएर पनि विश्वभरिको अशान्तिले भने सिक्किमे कलाकारलाई अछुत राख्न भने सकेन त्यसैले आफ्ना कलाकार जीवनको प्रारम्भीक सङ्घर्षलाई सिरियाको युद्ध र विश्व युद्धका विभिषिकालाई एकै ठाउँमा मुझेर युवा कलाकार सेवन राईले तयार पारेको दशवटा अत्याधुनिक शैलीका चित्रकला एक महिनासम्मको निम्ति द पिपल्स स्टुडियोमा देथ लङगिङ मेरोरी-को शिर्षकमा प्रदर्शन गरिएको हो।

द पिपल्स स्टुडियोले युवा सर्जकहरूको निम्ति एउटा फराकिलो र सजिलो मञ्च तयार पारेको हुनाले यसको सदुपयोग गरुन भन्ने चाहकै अनुरूप कलाकार राईको चित्रकला प्रदर्शनमा राखिएको स्टुडियोकी प्रमुख कोमल चामलिङले बताइन्।

कोलकत्ताको रवीन्द्र भारती विश्वविद्यालयबाट फाइन आर्टमा स्नातकोत्तर सकेर आएका सिक्किम युवा कलाकार सेवन राईको दोस्रो एकल चित्रकला प्रदर्शन राजधानीमा हुन लागेको हो। उनले पप्पि, ह्युमन टच्ड श्रृखलाका चित्रहरू युद्ध विभिषिका र सङ्घर्ष पीडाको रूपमा प्रयोगवादी धारलाई पहिल्याउँदै बनाएर प्रदर्शनमा राखेका छन्।

आफ्नो स्नातकोत्तर कार्यक्रमको समय उनले यी चित्रहरू कोरेको अनि प्रत्येक दिन नयाँ प्रयोगको धारलाई समेट्ने चाह राख्नो कलाकार राईले बनाएको अर्का बेजोड चित्र द बोमा र कन्सपाइरिङ क्लाउड्स र मोकिङ बर्ड्स जस्ता विभिन्न माध्यमको प्रयोग गरेर आफ्ना कला सिर्जना गरेका छन्।

देथ लङगिङ मेरोरी शिर्षकमा आयोजित यो प्रदर्शनी आर्टेमके संयोजनमा गरिएको हो भने महिना व्यापी यो प्रदर्शनीमा युवा कलाकारहरूको निम्ति कलाकार राईले दुइ दिने कार्यशाला पनि आयोजन गरेको छ। जुन आगामी 15 र 16 फरवरीको दिन हुनेछ त्यसमा कलाकार राईले आफूले सिकेका केही नयाँ तकनीकहरूलाई कार्यशालामा आउँनेहरूसित साझा गर्ने बताएका छन्।

प्रदर्शनीको पहिलो दिन सोमबार साँझ राजधानीका कला प्रेमी र कलाकारहरूको बाक्लै उपस्थितिमा कलाकार राईले सिक्किममा चित्रकलाको अवस्था र भविष्य अनि आफ्ना कामहरूको अनुभव साझा गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares