माध्यमिक परीक्षा आरम्भ: कालेबुङ जिल्लाबाट 2 हजार 71 जना विदयार्थीहरू परीक्षा दिँदै

कालेबुङ, 12 फरवरी: आजेदेखि पश्चिम बङ्गालभरि नै माध्यमिक परीक्षा शुरू भएको छ। कालेबुङ जिल्लाबाट मोठ 2 हजार 71 जना विदयार्थीहरूले परीक्षा दिइरहेका छन्। जिल्लाभरिमा मोठ 10 वटा केन्द्रमा परीक्षा सम्पन्न भइरहेको छ। आज पहिलो दिन पहिलो भाषास्वरूप नेपाली विषयको परीक्षा शान्तिप्रिय ढङ्गमा सम्पन्न भएको छ। परीक्षा आगामी 22 फरवरीसम्म सम्पन्न हुनेछ।

यसपल्ट कालेबुङ जिल्लामा कमुदिनी विद्याश्रम परीक्षा केन्द्र रहेको छ भने केन्द्रका सचिव वाईएस घिसिङ अनि माध्यमिक बोर्डका कार्यालय अधिकारी मेनुका सेवाले जानकारी दिँदै बोर्डको नियम अन्तर्गत नै परीक्षा शान्तिप्रिय ढङ्गमा आरम्भ भइरहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया