
‘पहाडमा शान्ति बनाइराख्ने निर्देश कोलकाताले तृणमूल र गोजमुमो दुवैलाई दिएको छ,’ उनले भने, ‘आपसमा राम्रो सम्बन्ध राखेर चुनाउ प्रचारमा मिलेर हिँड्नुपर्ने निर्देश पनि छ। अघि जेजस्तो भए पनि भर्खरै मोर्चाले तृणमूल काङ्ग्रेसलाई समर्थन गरेको।’
दार्जीलिङ, 16 फरवरी
गोजमुमो नेता निर्मल छेत्रीमाथि प्राणघातक हमला भएको छ। बिहिबार राती दार्जीलिङ शहरको मोटर स्ट्याण्ड नजिक उनीमाथि हमला भएको बताइएको छ। छेत्रीको शरिरमा गहिरो चोट परेको छ। उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
‘गोजमुमो दार्जीलिङ महकुमा समितिको कार्यालबाट घर जाँदै थिएँ। मसित प्रणील लिम्बु पनि साथै थिए। मोटरस्ट्याण्डमा दुवैमाथि हमला भयो। हमला गर्नेहरू तृणमूल काङ्ग्रेसका समर्थकहरू हुन्,’ छेत्रीले भने, ‘प्रणीललाई बचाउँदा म घाइतें बने। बँचेर पुलिसलाई जानकारी दिएँ। पुलिसले नै मलाई अस्पताल लग्यो।’
उनीअनुसार दार्जीलिङ जिल्ला हिल तृणमूल काङ्ग्रेसका कार्यकर्ता एवं समर्थक तीर्थराज लिम्बु, दिनेश गुरूङ, शैलेन्द्र मुखिया विरूद्व सदर थानामा प्राथमिकी दर्ता गरिएको छ।
‘विमल गुरुङको समष्टिमा शान्ति कायम गरेर बसेको छु,’ उनले भने, ‘यही कुरा सायद उनीहरूलाई मन नपरेकोले हमला गरिएको हुनसक्छ।’
यता हिल तृणमूलका शुभमोय च्याटर्जीले पनि आफ्ने पक्षबाट प्राथमिकी दर्ता गरेको बताएका छन्। दोषीहरूलाई कानूनले दण्ड दिने अनि तृणमूल समर्थक आक्रमणकारीहरूलाई पार्टीबाट आत्मसमर्पण गर्ने निर्देश दिएको पनि उनले जनाएका छन्।
‘पहाडमा शान्ति बनाइराख्ने निर्देश कोलकाताले तृणमूल र गोजमुमो दुवैलाई दिएको छ,’ उनले भने, ‘आपसमा राम्रो सम्बन्ध राखेर चुनाउ प्रचारमा मिलेर हिँड्नुपर्ने निर्देश पनि छ। अघि जेजस्तो भए पनि भर्खरै मोर्चाले तृणमूल काङ्ग्रेसलाई समर्थन गरेको छ।यसैले हामीले आत्मसमर्पण गरेर शान्ति बनाउन राख्नने पहल गरेका हौं।’
उनले झडप गर्नेहरूमध्ये जसको दोष छ, त्यसबारे पुलिसले छानबिन गर्नुपर्ने र दोषीलाई दण्ड दिनुपर्नेसमेत जनाएका छन्।