मार्था फोनिङलाई लोरियल इण्डियन हेयर ड्रेसिङ अवार्ड

कालेबुङ, 16 फरवरी।


दलगाउँकी मार्था फोनिङले लोरियल इण्डियन हेयर ड्रेसिङ अवार्ड प्राप्त गरेकी छन्। लोरियल इण्डियन हेयर ड्रेसिङ अवार्ड 2018-19 को ब्यानरमा कोलकातामा आयोजित इष्ट रिजनका निम्ति विजेता बनेकी फोनिङ टेक्निकल राउण्ड मुम्बईमा पनि विजेता बनिन्।

ग्राण्ड फिनालेको निम्ति इष्ट, वेस्ट, नर्थ, साउथ रिजनका विजेताहरूबीच प्रतिस्पर्धा गर्दै उनी दुबईमा सम्पन्न भएको इण्डियन लोरियर हेयर ड्रेसिङ अवार्ड ग्राण्ड फिनाले 2018-19 को राष्ट्रियस्तरमा कर्ड एण्ड स्टायल ट्रफीको विजेता बनिन्। यस राष्ट्रियस्तरका अवार्ड विजेता मार्था फोनिङ कालेबुङ जिल्लाको सानो गाउँ दलगाउँ निवासी हुन् भने कलकत्ताको आई क्याचर्स सलुनमा कार्यरत छिन्।

गोन्तोकको कार्लोस् पार्लरबाट हेयर ड्रेसिङमा आफ्नो करियर शुरू गरेकी उनले हालमा क्षेत्रका हेयर ड्रेसिङसित संलग्न रहेका सम्पूर्णको निम्ति उर्जा प्रदान गरेकी छन्। आफ्नो आमा, गाउँघर र साथीभाइ सम्पूर्णलाई खुशी पार्न सक्छु भन्ने दृढ़ विश्वास लिएर नै यस प्रतिस्पर्धामा भाग लिएको बताउँदै उनले यस सफलताको श्रेय आफ्नी आमा र भगवानलाई दिएकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया