गोर्खाहरूको सपना मेरो सपना भनेर पुरा गर्न नसक्ने मोदीले बचन दिन अघि होमवर्क किन गरेनन् : प्रत्युद देव वर्मन

जसरी जसवन्त सिंहको बेलामा धोका भयो अहिले एसएस आहलुवालियाको बेलामा पनि त्यै भयो  जहाँसम्म मलाई लाग्छ जुन धोखाघडी भएको छ गलत भएको छ।


 

गान्तोक, 16 फरवरी। गोर्खाहरूको सपना मेरो सपना भनेर पुरा नगरेपछि  प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको अघि प्रधानमन्त्रीको पदमाथिको आस्थालाई दाउमा हालेको अनि त्यसको नोक्सान  मोदीलाई र भाजपालाई नहुने तर देश  र जनतालाई हुने भन्दै गोर्खाल्याण्डबारे प्रधानमन्त्री मोदीको आश्वासनमाथि कांग्रेसका सिक्किम प्रभारी तथा त्रिपुराका राजकुमार प्रद्युत देव बर्मनले तिब्र आलोचना गरेका छन्। बर्मन सिक्किम प्रदेश कांग्रेसको चुनावी बैठक पछि शुक्रबार पत्रकारहरूसित कुराकानी गर्दै थिए।

पछिल्लो लोकसभा चुनाउताका आफ्नो उम्मेद्वारको निम्ति भोट माग्न आएको बेला प्रधामन्त्री मोदीले गोर्खाहरूको निम्ति गरेको बाचा सस्तो भोट ब्याङ्क राजनीति मात्र रहेको अनि सत्यमा गोर्खाहरूलाई न्याय दिन नसकेको आरोप पनि बर्मनले लगाएका छन्। उनले मोदीको भाषणकै उद्गारलाई अघि सार्दै गोर्खा र दार्जीलिङलाई जुन आश्वासन दिएका थिए जसमा उनले  देशको प्रधानमन्त्रीले तपाईहरूको सपना पुरा गर्नेछ गोर्खाका सपना मोदीका सपना भनेका थिए तर नगरेको दाबी गरे। उनले प्रधानमन्त्री जस्तो गरीमामय पदमा बस्नेले  गर्न नसक्ने कुरा गर्नुहुँदैन अर्कोतिर जुन दिन देशको प्रजाको विश्वास प्रधानमन्त्रीबाट उठ्छ त्यसले प्रधानमन्त्रीलाई नोक्सान हुँदैन देशलाई हुन्छ भन्ने मन्तव्य व्यक्त गरे। उनले  हाम्रो गोर्खाको संवैधानिक माग छ त्यसलाई गम्भीरतासित  सम्बोधन गर्नुपर्छ भन्दै केवल चुनाउको बेलामा आयो भाषण गऱ्यो सक्कियो होइन। जसरी जसवन्त सिंहको बेलामा धोका भयो अहिले आहलुवालियाको बेलामा पनि त्यै भयो भन्दै उनले  जहाँसम्म मलाई लाग्छ जुन धोखाघडी भएको छ गलत भएको छ भने। उनले गलत संदेश हामी हाम्रो नेपाली भाइ बहिनीहरूमा पठाइरहेका छौं भन्ने मन्तव्य व्यक्त गरे। प्रधानमन्त्रीले चुनाउको बेलामा लाटा बनाउने र चुनाउ सक्किएपछि एक सीटको कुरा सुन्दैनौ भन्ने धारणा विकास गर्ने गरेको पनि दाबी गरे। जसरी गोर्खाहरूले  जसवन्त सिंह र एसएस अहालुवालियाको पालामा समर्पित बनेका थिए यसपाली त्यो नहुने पनि दाबी गरे।

उनले यदी चुनाउको बेलामा आएर झूठो आश्वासन गर्नुहुन्छ अनि पछि हुनसक्दैन भन्नुहुन्छ भने देशको प्रधानमन्त्रीले यस्तो झूटो बोल्दा भने भाजपाको नोक्सान हुँदैन एक पार्टीको हुँदैन तर जनता को विश्वास प्रधानमन्त्रीको पदबाट निस्किएपछि देशको निम्ति नोक्सानदायक हुन्छ भन्दै प्रधानमन्त्रीलाई कटाक्ष प्रहार गर्न पनि चुनेनन्। प्रधानमन्त्रीलाई चुनाउको समयमा जुन बाचा गर्नुभएको थियो त्यो पुरा गर्न नसक्नुको कारण के हो बताउनुहोस भन्दै  यदी पुरा गर्नु सक्दैन भने किन भाषण गर्न पहिले  गृह कार्य गर्नु भएन जवाफ दिनुपर्छ उनले माग गरे। उनले प्रधानमन्त्रीले  गोर्खालाई के सम्झेका छन् भन्दै चुनाउ पहिले हुन्छ गर्छु भन्ने अनि चुनाउ सक्किएपछि गोर्खाको एउटामात्तै सीट छ दार्जीलिङमा एउटामात्तै सीट  हो  भन्दै अरू सीट जित्नको निम्ति बलिमा चडाउने बङ्गाल जित्नको निम्ति गोर्खालाई बलि चडाउने साह्रै सानो स्तरको भोट ब्याङ्क पोल्टिक्स गरेको छ भन्ने आरोप पनि लगाए।

अब उसो गोर्खाहरू यस प्रकारको गेम प्लानमा भोट ब्याङ्क राजनीतिमा नआउने बताए। आफू पार्टीमा सानो पदमा भए पनि जहिले पनि संविधानअऩुसार गोर्खाल्याण्डको समाधान हुनुपर्छ अनि युपीए सरकारमा आएको खण्ड गोर्खाल्याण्डमाथि त्रिपक्षीय वार्ता हुनुपर्छ अनि संविधानसम्म समाधान हुनुपर्छ भन्न पक्षधर रहेको बताए।  उनले अझ  गोर्खाल्याण्डको आन्दोलनलाई धेरैले भारत विरोधी भन्ने गरेको तर छुट्टै राज्यको माग गर्नु देश विरोधी नभएर संविधानसम्मत माग रहेको बताए।  संविधान अन्तर्गत माग गर्नसक्ने प्रावधान रहेको पनि बताए। यसैगरि उनले युपीए सरकारमा आएको एक सय दिनभित्र गोर्खाल्याण्डको निम्ति संवैधानिक समाधानको मार्ग खोज्नुपर्छ भन्दै त्यसले गोर्खाहरूलाई पनि संविधानभित्र हाम्रो पनि अधिकार सुरक्षित भएको अऩुभव हुनुपर्ने बताए।

उल्लेखनीय छ वर्मनका माता नेपाली भाषी मूलकी हुन भने उनले नेपाली भाषा संविधानको आठौं अनुसूचीमा अन्तरभूक्त गराउने आन्दोलनमामा सक्रिय रूपमा समर्थन जनाउँदै सांसदमा पहल गरेको इतिहास साक्षी छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया