सिक्किमले गऱ्यो पूर्वोत्तर भारतको पहिले स्किङ बेसिङ ट्रेनिङ सम्पन्न

गान्तोक, 17 फरवरी।


पूर्वको लद्दाख नामले चर्चित सुन्दर घाँटी नाथाङमा थुप्रिएको हिउँको थाकमा भारतको विभिन्न क्षेत्रबाट आएका सहासीक पर्यटनमा चासो राख्ने विद्यार्थीहरूले दुइ हप्ते स्किङ प्रशिक्षण समाप्त गरेको छ। 12 हजार 2 सय फिटको उच्चाईमा रहेको सुन्दर गाउँ नाथाङ घाँटीमा सिक्किमको पर्यटन विभाग अधिनस्थ इण्डियन सेन्टर फर एडभेञ्चर एण्ड इको-टुरिजम, चेम्चे दक्षिण सिक्किमले  आयोजन गरेको पूर्वोत्तर भारतकै पहिलो स्किङ प्रशिक्षणको समापना सफलतापूर्वक भएको छ।

भारतको तेलङ्गना, कोलकत्ता, मुम्बई अनि सिक्किमका सहासीक पर्यटनमा चासो राख्ने 31 जना विद्यार्थीले सहभागिता जनाएका थिए। उत्तराखण्डबाट झिकाइएको स्किङ विशेषज्ञ तथा चर्चित प्रशिक्षकहरूको निगरानीमा प्रदान गरिएको बेसिङ ट्रेनिङले भविष्यमा सिक्किममा स्किङको निम्ति फराकिल ठाउँ तयार पारेको छ।

आयोजक संस्थाका मुख्य प्रशिक्षक काजी शेर्पाले यो प्रशिक्षणबारे बोल्दै मुख्यमन्त्री पवन चामलिङको तत्परतामा 2009 मा संस्थान शुरु गरिएको अनि त्यसैको फलस्वरूप यसप्रकारको प्रशिक्षणहरू आरम्भ भएको बताउँदै आभार व्यक्त गरे। यसैगरि यो प्रशिक्षण आयोजन गर्नको मुख्य उद्देश्य वीन्टर स्पोर्टसको विकास गर्न रहेको तथा नाथाङ घाँटी स्किङको निम्ति धेरै सहज र राजधानीबाट नजिक रहेको हुनाले भारतमै सबैभन्दा विन्टर स्पोर्टसको निम्ति उपयुक्त ठाउँ रहेको बताए। यो ठाउँमा विन्टर स्पोर्टसमा प्यारा ग्लाइडिङ र माउन्टेन बाइकिङ पनि शुरु गर्ने लक्ष्य राखेको बताए।

उल्लेखनीय छ सिक्किममा यसभन्दा अघि उत्तर सिक्किममा स्किङको सम्भावना खोज्ने प्रयास गरिएको थियो तर अहिले आएर नाथाङ घाँटीमा भने उपयुक्त ठाउँ फेला परेकोछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया