सिक्किम विधानसभाको दुइ दिने सत्र आरम्भ मुख्यमन्त्रीले भने प्रधानमन्त्री मोदीले आतङ्कवादको विरूद्धमा जे गर्छन् हाम्रो पुरा समर्थन छ

गान्तोक, 18 फरवरी। हिमाली राज्य सिक्किमको दुइ दिने विधानसभा सत्र आरम्भ भएको छ। सत्रको पहिलो दिन सदनमा दुइवटा संसोधन विधेयक समेत वित्तिय वर्ष 2019-20 को निम्ति लेखानुदान पेश गरियो। यसका साथै मुख्यमन्त्री तथा सदनका नेता पवन चामलिङले जम्मु-कश्मिरको पुलवामामा आत्मघाती आक्रमणको निन्दा गर्दै सदनमा सिक्किमे जनताको पक्षमा सिक्किम सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रीय नेतृत्वले अपराधीहरू विरूद्ध गरेको कुनै पनि निर्णयलाई पूर्ण समर्थन गर्ने कुरा सदनमा रेकर्ड गराए। यसैगरि सहीद परिवारलाई 3-3 लाख रूपियाँ प्रदान गर्ने तथा केन्द्र सरकारले अनुमति दिएको खण्डमा सहीदका नानीहरूलाई शिक्षा दिने जिम्मेवारी वहन गर्ने कुरा पनि उल्लेख गराए।
सदनमा वित्तिय कार्यक्रम अन्तर्गत आगामी सितम्बर महिनासम्मको निम्ति 356629.60 लाख रूपियाँको लेखानुदान मुख्यमन्त्री तथा वित्तीय प्रभारी मन्त्री पवन चामलिङले सदनमा पेश गरे।
यसैगरि सदनमा लिम्बु समुदायको जमीन अन्य समुदायले किन्न नपाउने कानुनबारे तय गरिएको सिक्किम रेगुलेशन अफ ट्रासफर अफ ल्याण्ड (संसोधन) विधयेक र भिखारी विरोधी ऐन (संसोधन) 2019 पनि सदनमा पेश गरियो। विधेयकबारे 20 फरवरीको दिन प्रस्तुत विधेयक र लेखानुदानमाथि मतदान अनि चर्चा हुनेछ।
विधानसभा सत्रमा भूतपूर्व विधायक सीबी राईको निधनमा शोक प्रस्ताव पारित गरियो। उनको निधन 86 वर्षको उमेरमा गत 2 फरवरीको दिन भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया