‘चियाबगानमा 70 प्रतिशत भोट छ, शीघ्र न्यूनत्तम रोजी ऐन लागू गर’

Girl in a jacket

‘लोकसभा चुनाउको घोषणा हुनसाथ आचार संहिता पनि लागू हुन्छ। आचार संहिता लागू भएपछि रोजी वृद्धि हुन सक्तैन,’ तामाङले भने, ‘यसैले चुनाउको घोषणा हुनअघि नै न्यूनत्तम रोजी ऐन घोषणा होस्। यसका साथै 2018-को जनवरीदेखि मार्च महीनासम्मको चियाश्रमिकहरूको वृद्धि भएको रोजीको एरियर आगामी 10 मार्चभित्र दिइसक्नुपर्ने।’


सिलगढी, 20 फरवरी


जोइण्ट फोरमलाई लाग्छ, पहाडमा लगभग 70 प्रतिशत भोट चिया बगानमा नै छ। तर त्यही चियाबगानका श्रमिकहरूलाई भने सबैले अनदेखा गरिरहेका छन्। त्यही भएर यसपल्टको लोकसभा चुनाउमा फोरमले भनेको छ, चुनाउ अघि नै न्यूनत्तम रोजी ऐन लागू हुनुपर्छ।

‘सरकारले चुनाउ अघि नै ऐन लागू नगरे चुनाउमा श्रमिकहरू के गर्नुपर्ने हो सोच्न बाध्य बन्नेछन्,’ जोइण्ट फोरम हिल सब्-कमिटीका संयोजक जेबी तामाङले भने।

तामाङले सरकारले ऐन लागू गरेन भने फोरमले आन्दोलन नै गर्नेछ।  हिजो फोरमको यही विषयमा बैठक पनि भयो। जसमा क्रामाकपा, माकपा, जनआन्दोलन पार्टी, गोर्खालीग र गोरामुमोका श्रमिक सङ्गठनहरू सामेल थिए।

‘लोकसभा चुनाउको घोषणा हुनसाथ आचार संहिता पनि लागू हुन्छ। आचार संहिता लागू भएपछि रोजी वृद्धि हुन सक्तैन,’ तामाङले भने, ‘यसैले चुनाउको घोषणा हुनअघि नै न्यूनत्तम रोजी ऐन घोषणा होस्। यसका साथै 2018-को जनवरीदेखि मार्च महीनासम्मको चियाश्रमिकहरूको वृद्धि भएको रोजीको एरियर आगामी 10 मार्चभित्र दिइसक्नुपर्ने।’

फोरमले यसैबारे दार्जीलिङ टी एसोसिएशन एवं सहायक श्रमायुक्तलाई ज्ञापन पनि दिनेछ।

यता जोइण्ट फोरम नेता समन पाठकले चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू हुनुपर्ने माग लिएर 2014-देखि नै श्रमिक सङ्गठनहरूले आन्दोलन गरिरहेको बताए।

‘सरकारलाई समय दियौं। केही गरेन। अब पनि गरेन भने आन्दोलन हुनेछ। हामी पहाडमामात्र सिमित छैनौं, तराईँ डुवर्समा पनि हामी छौं,’ उनले भने, ‘लोकसभा चुनाउसँगै फर्स्ट फ्लस चिया उत्पादनको समय पनि आइरहेको छ। यसैले न्यूनत्तम रोजी ऐनको लागि चियाबगान मालिकपक्षले ठोस कदम नउठाए, यस विरूद्ध जोइण्ट फोरमले कठोर पदक्षेप ग्रहण गर्नेछ।’

फोरमका प्रवक्ता सुनिल राईले पनि भने, ‘8 र 9 जनवरीको भारत बन्दबाट चियाश्रमिकहरूका हितमा नै काम भइरहेको छ। बन्दको कारण केन्द्र सरकारले चियाश्रमिकहरूको पेन्सन राशिलाई 1 हजारबाट 3 हजार रूपियाँ बनाउने अनि बेसिक मिनिमम वेजेस तय गर्ने दिशामा ठोस पहल गरिरहेको जानकारी पाएका छौं। यसैले 2 दिने भारत बन्दले चियाश्रमिकहरूको हितमा अवश्यै काम भएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया