२०१९ को चुनावमा एसडीएफ पार्टीलाई धुलो-पिठो बनाएर  सरकार स्थापित गर्नुपर्छः पीएस गोले

Girl in a jacket

गान्तोक, 21 फरवरी। हिमाली राज्य सिक्किममा चुनावी माहोल विस्तारै चरमतिर बड्दोछ। यसैक्रममा अहिले राज्यको प्रमुख विपक्षी दल  सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम)को समष्टिस्तर सभा रांगगांग – यांगगांग समष्टिको करूंग वार्डमा बस्यो। यसअघि एसकेएम अध्यक्ष पीएस गोलेको बाहुलीबाट  यांगगांग बजारमा समष्टिस्तर पार्टी कार्यालयको उद्घाटन भयो। सभामा पार्टीका अध्यक्ष  गोले लगायत उच्च नेतृत्वहरुको उपस्तिथि रहेको थियो । सभामा युवा नेतृत्वहरूमासुश्री पूजा शर्मा, गुरु प्रसाद लुइँटेल, उपाध्यक्ष कृषक मोर्चा  आरके बस्नेत, डॉ एमके शर्माले सम्बोधन गर्दै  अहिले २५ बर्षमा आएर मुख्यमन्त्री पवन चामलिङले  सिक्किम बचाउनु पर्छ भन्दैछन् र  अब सिक्किम कसले बिगारेको रहेछ भन्ने कुरा सिक्किमको जनताले बुझेका सकेको दाबी गरे। पार्टी अध्यक्ष गोलेले आजको सभालाई सम्बोधन गर्दै  धर्मदत्तको छोरी सुश्री पूजा शर्माले एसडीएफ पार्टीले मूर्तिको राजनीति गरेर आफ्नो दुनो सोजाउदैछ भन्ने कुरा बुझेर एसकेएम पार्टीमा सामेल भएको दाबी गरे। उनले एसडीएफ पार्टीले हामीलाई जति गुण्डा भन्छ त्यति त्यति एसकेएम पार्टीमा सामेल हुनेको धुइरो लागेकोछ, एसडीएफ सरकारले २५ बर्षको शासनकालमा सिक्किमलाई  बिकासको मार्गमा होइन बिनासको मार्गमा पुन्याएकोछ, एसडीएफ सरकारले सिक्किमको जनतालाई २५ बर्षमा ब्लैंकेट थाप्ने बनाएकोछ नपाए मन दुखो गर्ने अवस्थामा पुऱ्याएकोछ, भने २०१९ को चुनावमा एसडीएफ पार्टीलाई धुलो – पिठो बनाएर  सरकार स्थापित गर्नुपर्छ भन्ने दाबी गरे। एसडीएफ पार्टीको सभामा जनता नआउने भए पछि बिद्यार्थीहरु थुपारेर  मुख्यमन्त्रीले भाषण गर्ने गरेको आरोप लगाउँदै अध्यक्ष गोलेले  प्रजातन्त्रमा जनता रोक्दा रोकिँदैन कुनै पनि शक्तिले थाम्ने वाला छैन, प्रजातन्त्रमा शोषकहरुले आन्दोलन गरेको इतिहास छैन गरीबले मात्र आन्दोलन गरेकोछ अनि जितेको इतिहास छ, यसपालीको आन्दोलन पनि गरीबले जित्नेछ, ब्यवस्था परिवर्तनको निम्ति क्रान्ति गर्नैपर्छ, सिक्किमे जनताको राम्रोको निम्ति हामी क्रान्ति गर्नेछौ र २५ तारिक फरवरी २०१९ सम्म सिक्किम सरकारले ३५ बुँदे मांग पूरा नगरे २८ तारिक फरवरी २०१९ को बिहान ६ बजेदेखि १ मार्च २०१९ को बिहानको ६ बजे सम्म ( २४ घंटे ) सिक्किम बन्द गर्नेछौ, बन्द भने पछि बन्द, कसैले बन्दलाई जबरजस्ती खोल्नु खोजे त्यसको नतिजा राम्रो हुने  छैन, नतिजा भोग्नु तयार रहनु , अब हामी सिक्किमे जनताको निम्ति अन्तिम लड़ाई लड़नु तयार भएकोछौ, जब सम्म ब्यवस्था परिवर्तन हुँदैन हाम्रो क्रान्तिको रथ रोक्नेवाला छैन, हामी सिक्किमे जनताको निम्ति ज्यान पनि दिन तयार छौ , एसडीएफ सरकार वीथड्रल  सरकार हो, कुनै  भरोसा छैन कहिले कर्मचारीहरुलाई पदउन्नती गर्छ र फेरि त्यही पदमा फरकाउँछ, यो कर्मचारीहरुको निम्ति ठुलो बदनाम र अन्याय हो, टुङ्गो र पत्ता नभएको सरकार हो, यो बदनामी सरकार हो, बाहिर राम्रो भित्र खोक्रो भएको सरकार कुनै पनि समय ढल्नु सक्छ, लिम्बु तामांगको सीट दिलाउनु नसकेकोले अहिले बिपक्षलाई लगाउँछ र यो सरासर गलत हो, हामी सरकारमा छैनौ, चामलिंगकोमा छ भने सबुत पेश गर म राजनीतिबाट सन्यास लिनेछु, तर चामलिंग सरकारको कारणले गर्दा सिक्किमको लिम्बु तामांगले अहिले सम्म सिक्किम बिधान सभामा सीट पाएन यसको जिम्मावार एसडीएफ सरकार हुनु पर्छ, लिम्बु र तामांगलाई जनजातिको बिल सांसदमा आउँदा सिक्किमको सांसद भिम दाहालज्यु कसको निर्देशमा सांसदमा अनुपस्थित रहे ? यसको जवाब सिक्किमको लिम्बु तामांगलाई चामलिंगज्युले दिनु पर्छ, हिज सम्म चामलिंगको घोर बिरोध गर्ने लिम्बु तामांग जातिलाई जिउँदै चपरी मुनि पुरयो भन्ने पिद् बेगरको लोटा जस्तो मान्छेहरु फेरि चामलिंगको शरणमा पर्दैछ र चामलिंगको बड़ीबड़ाई गर्नेवालाछ, तर अब सिक्किमे जनताको अघि शर्म हुनेछ, हामी मन्त्री र मुख्यमन्त्री हुनु राजनीतिमा आएको होइन तर सिक्किमको समाजलाई जोड़नु निम्ति आएकोछौ, सिक्किममा यस्तै परम्परा सृजना हुनु पर्छ भन्ने दाबी गरे।

आजको सभामा सामेल हुनेहरुमा सोरेंग निवासी सुश्री पूजा शर्मा, डॉक्टर एमके शर्मा, गुरु प्रसाद लुइँटेल र साथीहरु, बिरेन्द्र पाउडेली (अधिबक्ता), यांगगांग समष्टिबाट जम्मा ३२० परिवार, बुर्तुक समष्टिबाट ३९ परिवार अनि पोकलोक कामरांग समष्टिबाट १२ परिवार एसडीएफ पार्टीलाई त्याग गर्दै जम्मा ३७१ परिवार एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल भएका छन्  भन्ने उपाध्यक्ष बिरेन्द्र तामलिङले प्रेस बयानमार्फत जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया