हाम्रो सरकार आएपछि जुमको मान्छेले नदेखेको सुख देख्नेछन्- पीएस गोले

गान्तोक, 22 फरवरी। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टिस्तर सभा अनि ब्लाकस्तर पार्टी कार्यलय उद्घाटन आज पश्चिम सिक्किमको जुम सालघारी समष्टिको जुम गाउँमा भयो । यस सभामा पार्टी अध्यक्ष पीएस गोले लगायत पार्टी सल्लाहकार टीएम राई अनि पीटी लोकसम, कार्यकारिणी अध्यक्ष  एमपी सुब्बा, उपाध्यक्ष प्रचार प्रसार बिरेन्द्र तामलिंग, पश्चिम जिल्ला महासचिव प्रभारी  एलएन नेपाल, पश्चिम जिल्ला समन्वयक  अशोक प्रधान साथै जुम सालघारी समष्टिको कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो ।एसकेएम अध्यक्ष गोलेले अन्तमा सभालाई सम्बोधन गर्दै एसडीएफ पार्टीको शुरुआत कालमा भएका जुमका धेरै ब्यक्तिहरुले सिक्किमलाई सुखी नदेखि बितेर गएका छन् दुःख लागेकोछ, तर एसडीएफ पार्टीले जस्तो एसकेएम पार्टीले तपाईहरुलाई धोका दिने छैन यो हाम्रो प्रतिबद्धता हो भन्दै जुमको दुःख यो सरकारले कहिले बुझेन र नै आज जुमेली शिक्षित युवाहरुले एसडीएफ पार्टीलाई नकारेका छन् भन्ने दावी गरे।

अध्यक्ष गोलेले भोलिको दिन एसडीएफ पार्टीले थिचेको जुम एसकेएमको सरकारमा अर्कै हुनेछ, एसडीएफ पार्टीको अप्रजातान्त्रिक सोचलाई प्रत्येक जनताले बिरोध गर्नु पर्छ, जुमको रॉक गार्डन १२ बर्षमा पनि नसक्नु यो जुमलाई सरकारले साह्रै हेपेको हो, अहिलेसम्म सरकारको नजर नपुगेको जुममा आज हामी आयौ भोली सरकार यहाँ आई पुग्नेछ हाम्रो पार्टीको झण्डामा यस्तो  शक्ति छ, एसकेएम पार्टी जुमको जनतासंग खड़ा छ, जनता बीडीओ ऑफिसमा जान्छ तर बीडीओ पार्टीको मीटिंगमा जान्छ जनताले दुःख पाएको छ यो रोगले सिक्किम ग्रस्त भएकोछ र यसबाट सिक्किमे जनतालाई मुक्त दिलाउनु एसकेएम पार्टी जनताको पक्षमा आएको दाबी गरे। यसका साथै एसकेएमको सरकार गठन भएमा जुममा विभिन्न योजना लागु गरेर विकास गर्ने आश्वासनहरू दिए। आजको सभामा जुम सालघारी समष्टिको एसडीएफ पार्टीको संस्थापक सदस्य/ सदस्याहरु जुम वार्डबाट खगेन्द्र राई एसडीएफ पार्टीको पश्चिम जिल्ला स्टूडेन्ट प्रकोष्ठको अध्यक्षको  अगुवाईमा जम्मा ४० परिवार समेत जम्मा ६१ परिवार एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल भएको प्रचार सचिव रंजना प्रधानले जनाएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया