भाजपा सरकारले सिक्किमको अस्तित्व मास्न पानी खेदो गर्दैछ: भरत बस्नेत

गान्तोक, 22 फरवरी । सिक्किम राज्यको विशिष्ट सुरक्षालाई देशमा सत्तारूढ भारतीय जनता पार्टीले पानी खेदो गरेर समाप्त पार्ने दिशामा निर्णयहरू गरिरहेको गम्भीर आरोप  लगाउॅंदै सिक्किम प्रदेश कांग्रेसले भाजपाको कार्यहरूको कठोर शब्दमा निन्दा गरेको छ। कांग्रेस अध्यक्ष भरत बस्नेतले प्रेस क्लब अफ सिक्किममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रमा भाजपा सरकार आएपछि सर्वप्रथम सिक्किमको पूज्य पर्वत कन्चनजंगालाई एक सय रूपियॉं नोटबाट हटाएर गुजरातको एउटा पुरानो मन्दिर लगाएको अनि  अहिले आएिर नागरिक संसोधन विधेयक 2019 ल्याणर सिक्किमलगायत पूर्वोत्तर राज्यहरूमा बांग्लादेशी, अफगानिस्तान र पाकिस्तान मानिसहरूलाई बसाउने जस्तो षडयन्त्र गरेकोले सिक्किमको अस्तित्वलाई मेटाउने प्रयास गरिरहेको दाबी गरे। यसैगरि, देश भरिका जनजातिलाई सिक्किम सरकारले जनजाति प्रमाण पत्र दिनुपर्ने आदेशलाई सिक्किम सरकार मार्फत कार्यान्वयन गराउन लगाएर सिक्किमेको विशेष सुरक्षाको प्रावधानलाई समाप्त पार्ने भाजपा सरकारले कदम चालेको आरोप लगाए। यो अधिसूचना 1985 सालको केन्द्र सरकारको आदेशलाई अनुपालन गर्दै सिक्किम सरकारले हालमा आएर लागू गर्नु परेको हुनाले यसले सिक्किमेको निम्ति कांग्रेस सरकारले सिक्किम भारतमा विलय गराउॅंदा दिएको विशेष प्रावधान 371एफ समेतको हत्या हुने भएकोले अधिसूचना यथाशीघ्र फिर्ता लिनुपर्ने माग गरेको छ। उल्लेखनीय छ केही दिनअघि राज्य सरकारको सामाजिक न्याय तथा कल्याण विभागले देशभरिका जनजातिले सिक्किममा आएर जनजातिको प्रमाण पत्र मागेको खण्डमा दिन सक्ने अधिसूचना जारी गरेको छ। यसैगरि, उक्त अधिसूचनालाई यथावत राख्छ भने भारत सरकारले सिक्किमलाई अर्को कश्मीर बनाउने प्रयास गरेको दाबी गर्दै अध्यक्ष बस्नेतले यस्तो भएको खण्डमा कांग्रेसले सिक्किमको 8 मई 1973 को समझौता फर्काइमाग्ने चेताउनी दिएको पनि बताए। उनले सिक्किमलाई राष्ट्रिय दल भाजपाले समाप्त गर्न लागेको अवस्थामा सिक्किमे जनताले कांग्रेस बाहेक कसैले सिक्किमेको सुरक्षा गर्न सक्दैन भन्ने कुरा बुझ्नुपर्ने दाबी पनि गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया