कवि अमर बानियाँ लोहोरोको तीन पुस्तक लोकार्पण

गान्तोक,23 फरवरी। सिक्किमका कवि अमर बानियाँ लोहोरोको तीनवटा कृति एकैचोटी लोकार्पण गरिएको छ। राजधानी गान्तोकको एक होटलमा सिक्किम राज्य विश्ववाद्यलयका कूलपति डॉ जीके निरौला मुख्य अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रममा  लोहोरोद्वारा लिखित एंव अनुदित तीनवटा कविता संग्रह भाँच्चिएको चश्मा, अक्षरार्थ र मानवको सामुहिक लोकार्पण गरियो। कार्यक्रममा सिक्किम केन्द्रिय विश्वविद्यालयको भाषा संकायकी डीन डॉ. कविता लामाले कविता कृति भाँच्चिएको चश्मामाथि समिक्षा प्रस्तुत गरिन। यसैगरि लोहोरोले हिन्दीबाट अनुवाद गरेको कविता संग्रह अक्षरार्थका मूल कवि  डॉ. अ कीर्तिवद्धर्नले आफ्नो सम्बोधन राखेका थिए। वरिष्ठ वास्तुकार तथा कलाकार किरण रसाईलीले पनि आफ्नो सम्बोधन राखेका थिए।  कार्यक्रममा राज्यका प्रतिष्ठित साहित्य सर्जक एंव पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजन सिक्किम प्रज्ञा प्रतिष्ठानले गरेको थियो। यसैगरि कार्यक्रममा सहयोगीहरूलाई कविको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो भने डॉ. कीर्तिवर्ध्दनलाई सम्मान प्रकट गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन