लोवर बरदाङमा युवाहरुको सभा

Girl in a jacket

सिङ्ताम, 23 फरवरी।आफ्नो गाउँ र गाउँले युवाहरुको हितमा आज लोवर बरदाङमा युवाहरुको एक ऐतिहासिक सभा सम्पन्न भयो। आफ्नो गाउँ आफै बनाऊँ भन्ने उद्देश्यमा पश्चिम पाण्डाम क्षेत्रान्तर्गत सिङ्लेबुङ वार्डको लोवर बरदाङका समस्त युवाहरुले आज एक सभा आयोजित गरी आफ्नो गाउँमा युवाहरु माथि उठ्न नसकेकोमा गहिरो दुःख व्यक्त गरे। उक्त सभामा युवाहरुले आ-आफ्नो कुरा राख्ने क्रममा विशेष अरु गाउँका युवाहरुले धेरै उन्नति गरिरहेको छ तर लोवर बरदाङका युवाहरु जस्तोको तस्तै रहेको तथा कसैले उन्नति गर्न नसकेकोमा गहिरो दुख व्यक्त गरे। हरेक कुरोमा हेपिएको तथा आफ्नो गाउँमा आएको विभिन्न कामहरुबाट पनि
युवाहरुले लाभ उठाउन नसकेको अनि गाउँमै भएका निजी कम्पनीहरुले पनि लोवर बरदाङका युवाहरुलाई कुनै काम-धन्धा नदिएकोमा पनि युवाहरुले सभामा गुनासो गरे। आजको सभाले यस्ता धेरै विषयहरुलाई ध्यानमा राखेर अबउसो गाउँको काम
युवाहरुले नै गर्नु पाउनु पर्छ र यसको निम्ति के-कस्तो पहल गर्नु पर्ने हो त्यस विषयमा विशेष भूमिका निभाउन एक कार्यकारिणीवर्गको गठन गरियो। उक्त कमिटीमा अध्यक्ष- राजेश शेर्पा, उपाध्यक्ष- शेखर छेत्री, महासचिव- अमर शर्मा, प्रमुख सल्लाहकार- नन्दु दूतराज, सल्लाहकारगणमा कारसाङ शेर्पा, राम सार्की, श्याम सुब्बा, धन माया दर्नाल अनि कार्यकारी
सदस्यहरुमा रबिता राई, सावित्री रसाईली, निलम प्रधान, रुपेन लिम्बू, विमल सुब्बा, अजय विश्वकर्मा, लक्षुमान लिम्बू, रोशन तामाङ रहेका छन्। उक्त कमिटीले आउने दिनमा गर्नु पर्ने कामहरुको रुपरेखा तथा रणनीति तयार पार्न आगामी 25 फरवरीको दिन कार्यकारिणीवर्गको एक सभा आयोजित गरिने आजको सभाले निर्णय गरेको छ। उक्त सभामा एसएचजीका महिला प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहेको थियो।-नन्दु दुतराज

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया