दया पनि सुपरस्टार ?

एकातिर सरकारले मान–पदवीको खिल्ली उडाइरहेको छ, अर्कोतिर फिल्म उद्योगले। मान–पदवीले मान बढाउने होइन, घटाउने काम गरिरहेका बेला दयाहाङ राईले नयाँ निर्माताबाट सुपरस्टार पदवी पाएका छन्। ‘आप्पा’ फिल्मको गीतमा दयाहाङ राईलाई चिनाउँदै निर्माण टिमले उनलाई सुपरस्टारको ट्याग दिएको छ।

प्रचलित मान्यताअनुसार सुपरस्टार त्यो मानिसलाई भनिन्छ, जसले एकपछि अर्को बक्स अफिस हिट दिन्छ। व्यापारमा उसका फिल्मले नयाँ–नयाँ कीर्तिमान बनाउँछन्।

यो मान्यतामा रहेर हेर्ने हो, दयालाई सुपरस्टार त परको कुरा स्टारसम्म पनि भन्न गाह्रो पर्छ। किनकि, ‘कबड्डी’ सिरिजबाहेक उनका कुनै पनि फिल्मले निर्मातालाई मुनाफा दिएका छैनन्। अझ गत साल त उनका रिलिज भएका आधा दर्जन फिल्म आए÷गएको समेत पत्तो भएको थिएन।

तर, पनि दयाको आत्मविश्वासलाई मान्नैपर्छ, एउटा फिल्म नचल्दा पनि सुपरस्टार भनाउँदा दंग पर्ने। यस्तोमा उनको तर्क पनि हुन सक्ला, ‘सुपरस्टार मैले होइन, निर्माताले दिएको हो।’

तर, निर्माताले उनकै फिल्ममा त्यो पदवी उल्लेख गरेपछि त्यसमा उनको पनि सहमति छ भन्ने पुष्टि भइहाल्छ। दयाले अनमोल केसी सुपरस्टारबाट मेगास्टारमा बढुवा भएको मौका त छोपे तर पचाउन चाहिँ गाह्रै पर्ला !

सम्पूर्ण/अन्नपूर्णपोष्ट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन