कुखुरा पालनमा प्रशिक्षण

कालेबुङ, 25 फरवरी।


कालेबुङ कृषक कल्याण सङ्गठनले कुखुरा पालनमाथि 6 दिने प्रशिक्षण शुरू गरेको छ। व्यावसायिक रूपमा कुखुरा पालन गर्न सके कृषकहरूका निम्ति यो रोजगारको राम्रो माध्यम हुनसक्ने भन्दै सङ्गठनले उनीहरूलाई तालिम प्रदान गरेको हो। यहाँको श्यामादेवी भवनमा शुरू भइरहेको प्रशिक्षण शिविरमा भालुखोप, सिन्देबुङ, पुदुङ, पैयुङ आदि क्षेत्रका 40 जना कृषकहरूले सहभागिता जनाइरहेका छन्।

5 दिनसम्म उनीहरूलाई सैद्धान्तिक तालिम दिएपछि 2 मार्चका दिन पुदुङमा तालिम समापन हुनेछ। केन्द्रिय कृषि कुखुरा विकास सङ्गठनको प्रायोजनामा भइरहेको प्रशिक्षण शिविरमा सङ्गठनकै फार्म म्यानेजर आकाश परियार स्रोत व्यक्तिका रूपमा रहेका छन्। प्रशिक्षणपछि उनीहरूलाई कुखुरा, नेट साथै प्रमाण-पत्र प्रदान गरिने सङ्गठनका सचिव विष्णु छेत्रीले बताएका छन्। प्रशिक्षणपछि उनीहरूले ऋण लिन चाहेको खण्डमा 50 प्रतिशत सब्सिडी पनि प्रदान गरिने छेत्रीले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया