कलाकारहरूलाई सरकारको प्रकल्प बुझाउँदै कार्यशाला

कालेबुङ, 25 फरवरी।


पश्चिम बङ्गाल सूचना एवं सांस्कृतिक विभाग अन्तर्गत लोक प्रसार प्रकल्पका कलाकारहरूलाई लिएर आज यहाँको टाउन हलमा एकदिने कार्यशाला सम्पन्न भयो। विशेष गरी लोक प्रसार प्रकल्प अन्तर्गतका कलाकारहरूले गाउँ-बस्तीहरूमा गएर कलाका माध्यमद्वारा सरकारका विभिन्न योजना र प्रकल्पहरू मानिसहरूलाई बुझाउने गर्छन्। यसैले यी कलाकारहरूलाई सरकारका नयाँ योजना र प्रकल्पहरू बुझाउन आज विभागद्वारा कार्यशाला आयोजना गरिएको थियो।

‘जति पनि लोक प्रसार प्रकल्प अन्तर्गतका कलाकारहरू छन् उनीहरूले जिल्लाको कुना-कुनामा गएर सरकारका प्रकल्प र योजनाहरू बुझाउँछन्’-जिल्ला सूचना एवं सांस्कृतिक अधिकारी दिपक केरकेटाले भने, ‘यसैले यी कलाकारहरूलाई नयाँ योजना र प्रकल्पहरूबारे अवगत गराउन विभागले वर्षैपछि यस्ता कार्यशालाको आयोजना गर्ने गरेको छ।’

आजको कार्यशालामा मुख्य अतिथिका रूपमा महकुमा अधिकारी डा. अभिजित सेवाले उपस्थित थिए भने खाद्य निरीक्षक पी. मोक्तान, खण्ड विकास अधिकारी दिपान्जन नात्कर, बीसीडब्ल्यू निरीक्षक डीएल भोटिया, डीआईसीओ दार्जीलिङ जेसी रोय, श्रम आयुक्त उर्गेन भोटिया, एमभीआई समेरश रोय, अजय लामा आदि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया