
कालेबुङ, 25 फरवरी।
स्थानीय कलाकार डोल्मा तामाङको पहिलो गीति एल्बम ‘म कान्छी’-को आज विमोचन भयो। 8 वटा गीतहरू रहेको उक्त नेपाली एल्बम आज यहाँको मानेलाखाङमा एउटा कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो।
सुपरिचित सङ्गीतकार मधुसुदन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णल एमके गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने स्थानीय कलाकारहरू सञ्जय प्रसाद, निर्माण योञ्जन, निलम प्रधान, राजेन गुरुङ साथै कालेबुङ कलाकार सङ्गठनका सचिव नरेन्द्र तामाङ पनि उपस्थित थिए।