बाटोमा खाल्डाः ठेकेदारले राम्रो काम नगरेकोमा गुनासो

जानुका दाहाल

कालेबुङ, लोवर इच्छे, 20 मई 2017


बाटोको दुरावस्था/ फोटोः जानुका

शिवालय मन्दिरदेखि नेपाल गाउँसम्मको बाटोको अवस्था स्थानीय बासीको निम्ति चिन्ताको विषय बनेको छ। प्रधानमन्त्री ग्राम सडक योजनाको दोस्रो चरण अन्तरगत ०९.०६.२०१४ मा शुरु भएर ०८.०६.२०१५ मा समाप्त  भएको दुई बर्ष नबित्दै सडकमा खाल्डा परेको छ। जहाँ पानी र हिलो जमिएको छ भने अर्कोतिर बाटोमा पर्ने  कल्भर्ट तथा कज्वे पनि असुरक्षित छ।

‘शिवालय  मन्दिर नजिक पर्ने  कज्वेमा सुरक्षाको निम्ति प्यारापेट छैन अनि धिताल झोडा पर्ने कल्भर्ट त अझै असुरक्षित  छ.’ स्थानीय बताउँछन्।

उनीहरू अनुसार लगभग १५० मिटर  गहिरो झोडामा जहाँ सुरक्षित र पक्कापुलको आवश्यकता छ। यहाँ कल्भर्ट बाहेक केही नभएकोले दुर्घटना हुने सम्भवना बढेको छ। पक्का सडक र सुरक्षा दुवै कुरा ध्यानमा नराखी ठेकेदारले उचित ढङ्गले काम नगरेको स्थानीयको गुनासो छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन