किखरासंसको वार्षिक सभासितै नयाँ कार्यकारी समिति गठन

पेशोक, 25 फरवरी, रिमल मोक्तान।


किराँती खम्बु राई सांस्कृतिक संस्थानको वार्षिक सभा सम्पन्न भयो। संस्थानको भावी कार्यक्रमबारे चर्चा परिचर्चालगायत खम्बुहरूको संस्कार-संस्कृति, भाषा, रीति रिवाज आदिबारे जनाउन मुख्य उद्देश्य रहेको सभामा पुरानो समिति विघटन गरी नयाँ कार्यकारी समिति पनि गठन गरिएको छ। नयाँ समितिमा अध्यक्ष मिलनचन्द्र खालिङ, उपाध्यक्ष मणिकुमार राई, सचिव राजकमल राई, संयुक्त सचिव बिकास राई, कोषाध्यक्ष धीरेन्द्र राई, बिर्जे राई अनि अञ्जना देवानलाई चयन गरिएको छ।

खम्बुहरूले वर्षौदेखि गर्दै आएको जनजातिको मागप्रति पेशोक चियाबारीका खम्बुहरूले पनि एक्यवद्धता जनाएको पेशोक शाखा अध्यक्ष मिलनचन्द्र खालिङले बताए। संस्थानले क्षेत्रका खम्बुहरूका भाषा संस्कृति र  जातीय संस्कार संस्कृतिको संरक्षण एवं सम्बर्द्धनमा बिशेष ध्यान दिनेछ भनी सचिव पद्माराज कमल राईले थप जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया