गड एञ्जललाई बिना रोकटोक सिक्किम आउन दिनुपर्ने माग गर्दै धर्ना

Girl in a jacket

गान्तोक, 26 फरवरी।


हिमाली राज्य सिक्किममा रहेका ओमनन्द अर्थात मास्टर गड एञ्जलका भक्तहरूले उनलाई बिना कुनै रोकटोक सिक्किममा आएर भक्तहरूसित आध्यात्मिक गतिविधिलाई सुचारू गर्न पाउनुपर्ने माग गर्दै हेभनली पाथ (स्वर्गीक मार्ग)-का अनुयायीहरूले हिजोदेखि अनिश्चितकालीन शान्ति धर्ना शुरु गरेका छन्।

राजधानी गान्तोक नजिक जिल्ला प्रशासन कार्यालय अघिल्तिर निक्कै बाक्लो संख्यामा हेभनली पाथका समर्थकहरू भेला भएर आफ्ना धर्म गुरु मास्टर गड एञ्जललाई सिक्किममा आउजाउ गर्न कुनै रोकटोक नगरिनुपर्ने मागको पोस्टर लगाएर राष्ट्रिय ध्वजको साथमा धर्ना शुरु गरेर सरकारले उनको आगमन खुल्ला गरिदिने माग गरिरहेका छन्।

यसबारे राज्यका मुख्यमन्त्री पवन चामलिङले गत 24 जनवरीको दिन दक्षिण सिक्किमको माङ्गलेमा आयोजित जनता मेलामा मास्टर गड एञ्जललाई सरकारले होइन तक सिब्ल्याकले सर्वोच्च न्यायालयमा मामिला दर्ता गरेर रोकेको बताएको कुराको खण्डन गर्दै ब्यासनन्द गुरुले सरकारले नै सबै आरोपहरू फुक्का गरिदिएर गुरु ओमनन्दलाई सिक्किम आउजाउमा खुल्ला गरिनुपर्ने माग राखे। यसैगरि सेमिङ गुरुले पनि सोही प्रकारको मन्तव्य व्यक्त गरे। अर्कोतिर सिक्किमबाट अखिल किराँत राई सङ्घद्वारा गुरु ओमनन्दको विरोधमा पुलिस महानिदेशकलाई अन्तरराष्ट्रीय शक्तिको रूपमा प्रस्तुत गरेर प्राथमिकी दर्ता गरेको कारण पनि उनीमाथि अनावश्यक रोक लगाइएको दाबी गरिएको छ।

उल्लेखनीय छ गड एञ्जलले सिक्किमको राजधानी गान्तोक स्थित पाल्जोर स्टेडियममा 2008 सालमा आएर प्रवचन गरेका थिए। यस समय पनि निक्कै कठोर सास्ती भोग्नुपरेको व्यासनन्द गुरुले दाबी गरे। यसकारण अहिले सिक्किममा लगभग 70 हजार समर्थक रहेको दाबी गर्दै आन्दोलनलाई गम्भीरतासित नलिएको खण्डमा दैनिक रूपमा आन्दोलनकारीहरूको सङ्ख्या बढाउने र अझ गम्भीर बनाउने चेताउनी पनि दिए भने सरकारबाट कुनै सकारात्मक पहल भएमा धर्ना उठाउने पनि दाबी गरेका छन्। रोचक विषय के पनि छ भने ओमनन्द गुरूले पश्चिम सिक्किमको पवित्र झील खेचुपेरीमा पसेर झण्डी गाडेको आरोपमा सर्वोच्च न्यायालयमा मामिला दर्ता गरिएको छ। जसलाई लिएर बारम्बार टिप्पणी हुने गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया