
भारतको वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ । आज बिहान गरिएको उक्त आक्रमणको पाकिस्तानले पनि पुष्टि गरेको छ । भारतको जम्मु कश्मिरमा भएको आतङ्की हमलापछि भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको हो। उक्त आतङ्की हमलाको भारतले कडा जवाफ दिनुपर्ने बताउँदै आइरहेको थियो। यसैबीच आज बिहान भारतीय वायुसेनाले नियन्त्रण रेखा (एलओसी) पार गरेर आतङ्ककारीको क्याम्प ध्वस्त पारेको बताइएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनेरल असिफ गफुरले ट्वीट गर्दै भारतीय लगाकु विमानले पाकिस्तानी सीमामा अवैध घुसपैठ गरेको र पाकिस्तानी वायु सेनाले जवाफी कारवाही गरेसँगै बालाकोटमा बम खसालेर भागेको बताएका छन् । उनको अनुसार खसालिएको बमबाट कुनै जनधनको नोक्सानी भएको छैन ।
यसअघि पाकिस्तानी सेनाका डिजी आईएसपीआर आसिफ गफूरले भारतीय सेनाले एलओसी पार गरेर पाकिस्तानको सीमाभित्र पसेको बताएका थिए। त्यो समयमा भारत आक्रमण नगरी फर्किएको थियो भने यो पटक भारतले पाकिस्तानको आतङ्ककारी क्याम्पमा आक्रमण गर्न सफल भएको समाचार एजेन्सीले बताएको छ।
भारतले आक्रमण गरेको केहि समयपछि पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूलले बम बिस्फोटको फोटो ट्वीट गरेका छन् । फोटोमा भारतको बमको सेल देखिएको छ । आक्रमणमा २ सय ५० देखि ३ सय आतङ्काकारीको मृत्यु भएको सञ्चारमाध्यमको दाबी छ । तर पाकिस्तानका सेना प्रमुखले भने आक्रमणबाट मानवीय क्षति नभएको ट्वीट गरेका छन् ।