सिक्किममा शुरू भयो आगजनीको खेल

सिक्किम, 26 फऱवरी।


जतिजति चुनाउ नजिक आउँदैछ सिक्किमको राजनैतिक आगो गर्मिँदै जाँदैछ। आज राती पश्चिम सिक्किमको सोरेङ-च्याखुङ समष्टिमा तीनवटा गाडीमा आगजनी भएको छ।

आगजनीमा सिक्किम सरकारका कृषि एवं बागवानी विभागका सल्लाहकार जेबी तामाङको सरकारी गाडी, एसडीएफ पार्टीको चेली संयोजिका अंकित लेप्चाको निजी बोलेरो अनि एसडीएफ पार्टीकै साङ्गठानिक सचिव राब्देन शेर्पाको निजी बोलेरो जलाएर ध्वस्त बनाइएको छ। पार्किङस्थलमा नै अज्ञात व्यक्तिहरूद्वारा आगजनी गरिएको बताइएको छ। पुलिसले घटनाको छानबीन गरिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया