कालेबुङ जिल्लाबाट 2 हजार 47 जनाले उच्च माध्यमिक परीक्षा दिँदै

कालेबुङ, 26 फरवरी।


आजेदखि पश्चिम बङ्गालभरि उच्च माध्यमिक परीक्षा शुरू भएको छ। यता कालेबुङ जिल्लाबाट 2 हजार 47 जना परीक्षार्थीहरूले परीक्षा दिइरहेका छन्। जसमा 985 जना छात्रहरू छन् भने 1062 जना छात्राहरू रहेका छन्। यहाँको 8 वटा केन्द्रहरूमा परीक्षा चलिरहेको छ जो आगामी 13 मार्चसम्म सम्पन्न हुनेछ। परीक्षाको मुख्य केन्द्र एसयूएमआई रहेको छ भने केन्द्रका सचिव जगत साहरा राईले परक्षीबारे जानकारी दिएका हुन्।

यसैगरी रङ्गली रङ्गलियट खण्डभित्रका लामाहट्टा उच्च माध्यमिक विद्यालय, सरस्वती उच्च माध्यमिक विद्यालय, ग्रीफिथ्स उच्च माध्यमिक विद्यालय, उदय उच्च माध्यमिक विद्यालय, मङ्पू सरस्वती उच्च माध्यमिक विद्यालय, ज्ञानपीठ उच्च माध्यमिक विद्यालय, शारदा उच्च माध्यमिक विद्यालयका करीब पाँचसय विद्यार्थीहरूले परीक्षा लेखिरहेको जानकारी प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया