एसकेएमलाई झट्का, उच्च न्यायालयले दियो बन्द नगर्ने आदेश

गान्तोक, 26 फरवरी। सिक्किम उच्च न्यायालयले राज्यको प्रमुख विपक्षी दल एसकेएमद्वारा आगामी 28 अगस्तको दिन डाकिएको 24 घण्टे बन्दको विरोधमा दर्ता गरिएको एउटा याचिकाको सुनुवाई गर्दै बन्द नगर्ने आदेश दिएको छ। उच्च न्यायलयको प्रमुख न्यायाधिश जस्टिस  विजय कुमार विष्ट र न्यायाधिश जस्टिस मिनाक्षी एम राईको खण्ड पिठले अनिश शर्मा र अन्यहरूले दर्ता गरेको जन हित याचिकामाथि सुनुवाई गर्दै 28 फरवरीको दिन बन्द नगर्ने आदेश दिएको हो। विपक्षी दल एसकेएमले राज्य सरकारलाई 35 वटा विभिन्न मुद्दाहरू 25 फरवरीको दिनसम्म समाधान गर्नु पर्ने नगरेको खण्डमा 28 फरवरीको दिन 24 घण्टा सिक्किम बन्द गर्ने अन्तिमेतम दिएको थियो। यसैबिच एसकेएमले आफ्नो कार्यकर्ताहरू गाउँ गाउँमा उतारेर पर्चा र पोस्टरिङको माध्यमबाट जनतामा बन्दको समर्थन जुटाउने प्रयास पनि चलाइरहेको अवस्थामा उच्च न्यायालयको आदेशले बन्दको स्थिति समाप्त गरिदिएको छ।

याचिका कर्ताहरूको पत्रमा वरिष्ठ अधिवक्ता एन राई र तमन्ना छेत्री,सबिना छेत्री, मालती शर्मा र सुधा सेवाले न्यायालयमा दलिल पेश गरेका थिए।

उच्च न्यायालयले सुनुवाई पछि याचिका दर्ता गर्नका साथै तुरन्तै लागु हुने गरि बन्द गर्नु नहुने साथै सत्तारूढ एसडीएफ पार्टीले पनि 27 फरवरीदेखि 1 मार्चसम्म  गर्ने भनिएको शान्ति कार ऱ्यालीलाई 28 फरवरीको दिन गर्न नपाउने आदेश सुऩाएको छ।

याचिका कर्ताहरूले एसकेएमको बन्दलाई अवैध घोषणा गर्दै प्रतिबन्ध लगाउनु पर्ने माग गरेको भए पनि न्यायालयले अन्य पक्षको पनि यसमा राय बुझ्ने बताएको छ भने याचिकामाथि अर्को सुनवाई आगामी 1 अप्रेल 2019 को दिन हुनेछ। न्यायालयले बन्द नगर्ने आदेश सितै राज्यको कानुन आदेश दुरुस्त राख्ने तथा कसैले बन्द गर्ने प्रयास गरेको खण्डमा उनीहरू विरूद्ध तुरन्तै कार्वाही गर्दै पक्राउ गर्ने निर्देश मुख्य सचिव र पुलिस महा निर्देशकलाई दिएको छ।

न्यायालयको आदेश सितै एसकेएमले सिक्किमलाई अचल बनाउने तय गरेको राजनैतिक रणकौशलमा असफलता हासिल गर्नु परेको देखिएको छ।

उच्च न्यायालयको फसेलालाई स्वागत जनाउँदै सत्तारूढ एसडीएफ पार्टीले 27 फरवरीदेखि प्रस्तावित शान्ति कार ऱ्यालीलाई केवल 28 फरवरीको दिनमात्र नगर्ने आदेशमा उल्लेख गरेको भए पनि तीन दिन नै ऱ्याली नगर्ने भन्दै शान्ति कार ऱ्याली फिर्ता लिएको छ। प्रवक्ता केटी ग्याल्छेनले यसबारेमा बोल्दै सिक्किम उच्च न्यायालयले ऐतिहासिक र माइलखुट्टीको फसेला सुनाएको बताउँदै यसलाई पार्टीले स्वागत गर्दै प्रस्तावित कार्यक्रम फिर्ता लिने बताए।

अर्कोतिर एसकेमका प्रवक्ता जेकब खालिङले उच्च न्यायालयको आदेशबारे  पार्टीलाई जानकारी नभएको र आदेश प्राप्त भएमा तुरन्तै पार्टीको उच्च स्तरीय बैठक गरेर बन्दबारे पार्टीको निर्णयको निम्ति तकनिकीय चर्चा गरेर पार्टीको अडान सार्वजनिक गर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन