पश्चिम सिक्किमको तीन वाहन आगलागीमा एसडीएफ र एसकेएम मुखामुखी

Girl in a jacket

निलो स्यालको रङ  जान थालेको छ एसकेएमले आफ्नो वास्तविक रङ देखाउन थाल्योः भीम दाहाल 

एसडीएफकै कार्यकर्ताहरूले आफ्नै गाडीमा आगो लगाएर एसकेएमलाई बद्नाम गर्ने प्रयास गरेकोःजेकब खालि


 

गान्तोक, 26 फरवरी। सिक्किमको पश्चिम जिल्लाको सोरेङ च्याखुङ क्षेत्रमा सोमबार राती  तीनवटा वाहन जलाइको घटनालाई लिएर सत्तारूढ एसडीएफ पार्टी र एसकेएम पार्टी बीच आरोप प्रत्यारोपको जुवारी शुरु भएको छ। सोरेङ-च्याखुङ समष्टि अन्तर्गत भिन्नभिन्न ठाउँमा तीनवटा गाडीलाई राति आगो झोसेर स्वाहा बनाइदिएको घटनालाई सत्तारूढ एसडीएफ पार्टीले विपक्षी दल एसकेएमले आफ्नो स्वभाव देखाउन थालेको दाबी गर्दै निलो स्यालको संज्ञा दिँदै यो आगजनीको घटनामा एसकेम सामेल भएको आरोप लगाएको छ। एसडीएफको पत्रकार सम्मेलनमा एसडीएफ प्रवक्ता भीम दाहालले सोमबार सिक्किम सरकारको शिक्षा मन्त्री आरबी सुब्बाको वाहनलाई एसकेएमको सोरेङ समष्टिका अध्यक्ष विनोद बस्नेत र अन्यले रोकेको घटनापछि पुलिसले हस्तक्षेप गरेर मन्त्रीलाई सुरक्षीत निकालेको दाबी गर्दै त्यसै समूहले पश्चिम सिक्किमको विभिन्न तीनवटा ठाउँमा आगो लगाएको हुनसक्ने दाबी गरे। उनले 28 फरवरीको बन्दलाई लक्ष्य गरेर एसकेएमले यसप्रकारको डर देखाउने भय सिर्जना गर्ने कार्य गर्न थालेको उनले दाबी गरे।

अर्कोतिर एसकेएम प्रवक्ता जेकब खालिङले उक्त आगजनी एसडीएफकै कार्यकर्ताहरूले आफ्नै गाडीमा आगो लगाएर एसकेएमलाई बद्नाम गर्ने प्रयास गरेको दाबी गरे। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसडीएफको वाहनमा हेड लाइट बालेर आगो लगाइएको फोटो आएको हुनाले कसैले पनि यसरी लुकी चोरी आगो लगाउन नसक्ने तथा एउटामा भने तेलको ट्याङ्की खोलेर आगो लगाइएको नक्सा आएको हुनाले त्यसमा पनि आफैले त्यही तेल प्रयोग गरेर आगो लगाएको पुष्टि हुने तथा अर्को वाहनमा भने निजी वाहन भएको कारण उक्त वाहन चाही आंशिक रूपमा मात्र डडेको दाबी गर्दै यसले स्पष्ट रूपमा एसडीएफ आफैले आफ्नो वाहन जलाइ एसकेएमलाई बद्नाम गर्ने प्रयास गरेको आरोप लगाए। प्राप्त जानकारी अनुसार सिक्किम सरकारका कृषि एवं बागवानी विभागका सल्लाहकार जेबी तामाङको सरकारी गाडी बुदाङमा जलाएर स्वाहा पारिदिएको छ। यसरी नै एसडीएफ पार्टीको चेली संयोजिका अंकित लेप्चाको निजी बलेरो गाडीलाई पनि रुपसाङमा आगो झोसेका छन्। यस्तै प्रकारले एसडीएफ पार्टीका संगठन सचिव राब्देन शेर्पाको निजी बलेरो गाडीलाई सिङलिङमा आगो लगाइदिएको छ। यी सबै वाहनहरु आफ्ना घर छेउमा पार्किङ गरेर राखिएको ठाउँमा आगो लगाइएको जानकारी प्राप्त भएको छ। सोरेङ पुलिसले घटनाको छानबिन शुरु गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया