भूमिगत नेता विमल गुरुङले गरे बैठक: ‘सही समयमा चुनावी पत्ता खोल्नेछु’ : विमल गुरुङ

लोकसभा चुनाउबारेको मौनताबारे प्रश्न गर्दा गुरुङले अहिले लोकसभा चुनुको लागि आत्तिहाल्नुपर्ने समय नभएको बताए। ‘अहिले चुनावी पत्ता खोलिहाल्नु पर्ने समय आइहालेको छैन,’ उनले भने, ‘पार्टीले सही समयमा सही चुनावी पत्ता खोल्नेछ।’


दार्जीलिङ, 28 फरवरी


भूमिगत नेता विमल गुरुङले हिजो एक गोप्य ठाउँमा दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, तराई, डुवर्स लगायत केही विशेष गोर्खा बहुल क्षेत्रका पार्टी प्रतिनिधिहरूसित बैठक गरेको पार्टी सुत्रले बताएको छ। बैठकलाई गुरुङ आफैले अध्यक्षता गरेका थिए।

‘बैठकमा सर्वभारतीय स्तर र गोर्खा बहुल क्षेत्रमा लोकसभा चुनाउको लागि पार्टीको भूमिका र रणनीति तय गरिएको छ,’ गुरुङले खबरम्यागजिनसित भने, ‘सबै प्रतिनिधिहरूले आआफ्ना प्रतिवेदन र  रणनीति प्रस्तावहरू राखे। त्यसबाट कामलाग्दो जति पार्टीले अनुमोदन गरेको छ।’

लोकसभा चुनाउबारेको मौनताबारे प्रश्न गर्दा गुरुङले अहिले लोकसभा चुनुको लागि आत्तिहाल्नुपर्ने समय नभएको बताए। ‘अहिले चुनावी पत्ता खोलिहाल्नु पर्ने समय आइहालेको छैन,’ उनले भने, ‘पार्टीले सही समयमा सही चुनावी पत्ता खोल्नेछ।’

उनले बङ्गाल सरकारको अगणतान्त्रिक नीतिको कारणले पहाड, तराई अनि डुवर्समा गणतन्त्र नरहेको भन्दै यी सबै विषयमा बैठकमा छलफल भएको जनाए।

‘गणतन्त्र नभएको यस्तो स्थितिमा क्षेत्रमा निष्पक्ष चुनावको सम्भाव्यताबारे हामीलाई सन्देह छ,’ गुरुङले भने, ‘यद्धपि, यसबारे अप्नाउनुपर्ने रणनीतिबारे बैठकमा गम्भीर चर्चा भएको छ।’

गुरुङले भनेअनुसार उपस्थित सबै प्रतिनिधिहरूले चुनाउ रणनीतिबारे आआफ्ना प्रस्तावना राखेका थिए। सबैको जोड व्यवहारिक राजनीतितिर नै थियो। ‘सम्पूर्ण गोर्खा, राजवंशी, आदिवासी, मेचे, बिहारी, बङ्गाली, पञ्जाबी, मारवाडी लगायतका समाजलाई आह्वान गर्छौं,’ उनले भने, ‘बङ्गालमा गणतन्त्रको रक्षाको निम्ति अनि मानवीय हीत रक्षार्थ आगामी लोकसभा चुनावको निम्ति तयार रहिदिने अपील गर्छौं।’

गुरुङले शान्त पहाडमा भाषाको विवाद आफै ल्याएर गोर्खा जातिको स्वाभिमानसँग खेलवाड गर्ने, रगत बगाउने अनि जातिय अस्मिताको व्यापार गर्ने, दुइमुखे चरित्र भएका नेताहरूबाट होशियार बसेर आफ्नो बहुमूल्य मत खसाल्ने अनुरोध पनि गुरुङले गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन