सूचना सङ्कलनमा रोक लगाएकोमा आपत्ति

खबरम्यागजिन खबरदाता

हेटौंडा, 20 मई 2017


पत्रकार समाज मकवानपुरले स्थानीय तहको निर्वाचनपछि मतगणनाको क्रममा पत्रकारलाई दुःख दिइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजका मकवानपुर संयोजक गिरिजा अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै मतगणनाको क्रममा पत्रकारलाई मतगणना स्थलमा प्रवेश नदिइएकोप्रति आपत्ति समेत जनाएका छन्। नेपालको संविधानले प्रदत्त गरेको वाक् तथा प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरिएको ठहरसमेत समाजले गरेको छ। समयमै सही सूचना सम्प्रेषण गर्ने जिम्मेवारीमा रहेका पत्रकारलाई उपेक्षा गरिएको भन्दै निकै ढिलो सूचना दिएजस्तो गरी झारा टार्ने काम भएकोमा समाजको आपत्ति रहेको गिरिजाले विज्ञप्तिमा बताएका छन्। समाचार सङ्कलनमा खटिएका पत्रकारले गुनासो राख्दा वेवास्ता गरिएको समाजले जनाएको छ। समाजले सम्बन्धित सरोकारवालालाई ध्याकार्षण गराउँदै सूचना सङ्कलनमा रोक लगाउने कार्य तत्काल रोकी सच्याउन माग समेत समाजले गरेको विज्ञप्तिमा भनिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन