सियारी समष्टिको विपक्षी समर्थक एसडीएफमा

गान्तोक, 7 मार्चः सत्तारूढ़ एसडीएफ पार्टीमा सामेल हुने कार्यक्रम आज तेस्रो दिन पनि जारी रहेको जनाइएको छ। गान्तोकस्थित सम्मान भवनमा आयोजित एक कार्यक्रमबीच पूर्व सिक्किमको स्यारी निर्वाचन क्षेत्रबाट 104 जना विपक्षी समर्थकहरू एसडीएफमा सामेल भएको बताइएको छ।

एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले उनीहरूलाई पार्टीमा स्वागत गरे। आज सामेल हुनेहरूमा बहुसङ्ख्यक सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का समर्थकहरू रहेको दाबी गरिएको छ। सत्तारूढ़ पार्टीमा सामेल हुने क्रम लगातार केही दिनसम्म चल्ने एसडीएफले जनाएको छ। आगामी 10 मार्चको दिन सिक्किमका विपक्षी राजनीतिक पार्टीका केही दिग्गज नेतालगायत केही पूर्व मन्त्रीहरू पनि एसडीएफ पार्टीमा सामेल हुने दाबी गरिएको छ। आजको सामेली कार्यक्रममा लोकसभा सांसद पीडी राईको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले पार्टीमा सामेल हुनेहरू सबैलाई सिक्किमको हितमा मिलेर काम गर्ने अपील गरे।  नवआगन्तुक सबैलाई पार्टीमा सम्मान दिएर राख्ने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया