पहिलो सरकारी फर्मेसी कलेज उद्घाटन गर्दै चामलिङले भने, ‘अज्ञानता नै निर्धनता’

Girl in a jacket

गान्तोक, 08 मार्च ।


विश्वविद्यालय स्तरसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता अघि बढिरहेको सिक्किम सरकारले शुक्रबारदेखि राज्यको पहिलो सरकारी फार्मेसी कलेजको उद्घाटन गरेको छ। राज्यका मुख्यमन्त्री पवन चामलिङले रूमतेकको साजोङस्थित कलेजको नयॉं भवन विधिवत रूपमा उद्घाटन गर्दै आउॅंदो सरकारमा राज्यमा कृत्रिम बौद्धिकताको शिक्षा दिन कलेज स्थापना गर्ने घोषणा गरे।

राज्यमा भारत सरकारको सोचभन्दा अगावै 2003 सालदेखि नै क्षमता विकास निदेशालय गठन गरेर रोजगारमुखी शिक्षा दिने पहल शुरू गरेको बताउॅंदै अज्ञानता नै निर्धनता हो, यसकारण सिक्किमको कुनै गरीब र आम मानिसको छोराछोरी उच्च शिक्षाबाट वंचित हुनुपरोस भनी नि:शुल्क शिक्षा प्रदान गरिरहेको पनि अवगत गराए।

विशेष गरेर विद्यार्थीहरूलाई सम्बोधन गर्दै 1760 सालमा शुरू भएको औद्योगिक क्रान्तिको प्रतिफल स्वरूप कौशल युक्त मानव संसाधनको उत्पादनमा शिक्षा प्रणाली शुरू भएको भए पनि भारत र सिक्किममा अहिले आएर यसको महत्व देखिन थालेको अवगत गराए। उनले उद्घाटन कार्यक्रमपछि इन्स्टिट्यूट अफ होटल म्यानेजमेन्टको प्रेक्षागृहमा आयोजित सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै फार्मेसी कलेज र म्यानेजमेन्टका विद्यार्थीहरूलाई श्रमको सम्मान गर्ने आदत बसाल्ने आह्वान गरे।

उनले आफूलाई अरूहरूसित तुलना गरेर अरूको सिको गर्नु भन्दा आफू मौलिक हुनुपर्ने र राम्रा मानिसहरूबाट प्रेरणा लिएर आफू जस्तै हुनु सिक्नुपर्ने आह्वान पनि गरे। उनले विद्यार्थीहरूलाई आफू हुनु सिकेर तथा अरू हुनु खोज्दा डुल्पिकेट हुनुपुग्ने भएकोले मौलिक हुनुपर्ने आह्वान गरे। यसैगरि दुवै विद्यार्थीहरूका विद्यार्थीहरूको निम्ति ल्यापटप वितरण गर्ने घोषणा गरे। यसैगरि, मुख्यमन्त्री कोषबाट संस्थानका विद्यार्थीहरूलाई तीन—तीन लाख रूपियॉं वनभोजको निम्ति प्रदान गरे।

कार्यक्रममा रूमतेक विद्यालयका विद्यार्थीहरूले ल्यापटप वितरण गरिदिएकोमा मुख्यमन्त्रीलाई सम्मान जनाए। उद्घाटन गरिएको संस्थानको पहिलो सत्र गत वर्षबाटै शुरू भइसकेको छ भने अहिले पहिलो सेमिस्टरमा 60 जना विद्यार्थी रहेको जानकारी स्वास्थ्य विभागका सचिव विशाल चौहानले बताए।

उनले 44 हजार वर्गफीममा निर्माण गरिएको यो संस्थानमा 152 जना विद्यार्थीको निम्ति होस्टेलको व्यवस्था भएको र दोस्रो व्याच आउॅंदो जुलाई महिनादेखि शुरू हुने र चार वर्षमा 240 जना विद्यार्थीले बी फार्म उत्तीर्ण गर्ने जानकारी दिए। कार्यक्रममा स्वास्थ्य मन्त्री एके घतानी, स्वास्थ्य सल्लाहकार डा एडी सुब्बा, क्षेत्र विधायक डा मिचुङ भोटिया र विधायक उगेन नेडुपको उपस्थिति रहेको थियो। उद्घाटनपछि मुख्यमन्त्रीले विद्यार्थीहरूसित प्रत्यक्ष अन्तरक्रिया पनि गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया