एसडीएफ कार्यकर्ता र अभियान्तालाई एसकेएमका कार्यकर्ताले कुटेको आरोप

Girl in a jacket

मल्ली, 8 मार्चः मल्लीमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का कार्यकर्ताहरूले एसडीएफ कार्यकर्ता र एक अभियन्तामाथि कुटपिट गरेको आरोप उठेको छ।

एसकेएम मल्ली क्षेत्र स्तरीय अध्यक्ष सुरेन तामाङ, तिलक बस्नेत, अनिल गुरुङ, गोपाल तामाङ (पश्चिम बङ्गाल निवासी) र अन्य दशजना एसकेएम समर्थकले एसडीएफ कार्यकर्तालाई कुटपिट गरेको सत्तारूढ़ पार्टीले आरोप लगाएको छ। एसडीएफ कार्यकर्ता देवप्रसाद प्रधान, अमर खुलाल, ओम अग्रवाल र कनिष्ठ अभियन्ता सौनक भण्डारीलाई एसकेएम समर्थकहरूले कुटपिट गरेको अभियोग छ। सुन्तले सड़क खण्डमा यो घटना भएको छ। अमर खुलाल र देवप्रकाश प्रधान घटना सिकिस्त घाइत भएका छन्। दुवैलाई सिलगढ़ीको एउटा नर्सिङ होममा भर्ती गरिएको जानकारी पाइएको छ। सुन्तलेको सड़क कार्पेटिङको काममा व्यस्त रहेको समय एसकेएम समर्थकहरूले उनीहरूलाई आक्रमण गरेको एसडीएफले बताएको छ। आरोपीहरूविरुद्ध मल्ली पुलिस थानामा भारतीय दण्ड संहिताको धारा 186/147/148/326/34 अन्तर्गत मुद्दा दर्ता भएको छ। पुलिसले आरोपीहरूको खोजी शुरु गरेको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया