ईभीएम ह्याक गर्ने राजनैतिक दलहरूलाई चुनाउ आयोगको चुनौती

नयाँ दिल्ली, 20 मई/2017


पछिल्ला चुनाउहरूमा ईभीएम मशीन ह्याक गरिएको थियो भनी आरोप लगाउने विपक्षी दलहरूलाई चुनाउ आयोगले ईभीएम मशीन ह्याक गरेर देखाउने चुनौती दिएको छ। यसका लागि आयोगले आउँदो 3 जूनको मिति तय गरेको छ। प्रत्येक राजनैतिक दललाई ह्याकिङका लागि चार घण्टाको समय दिनेछ।

चुनौतीका लगि राजनैतिक दलहरूले प्रतिनिधि पाँच राज्यका चारवटा ईभीएम छान्न सक्नेछन्। इलेक्ट्रोनिक भोटिङ मशीन ह्याक भइरहेको भनी राजनैतिक दलहरूले लगातार आरोप लगाउन थालेपछि यसलाई ध्यानमा राखेर चुनाउ आयोगले शनिवार एउटा महत्त्वपूर्ण कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा ईभीएम र भीभीपीएटीको डेमो गऱ्यो, जहाँ यससित सम्बन्धित सबै आशङ्काहरूलाई निरस्त गर्न मशीनको काम गर्ने तरीका देखाइयो।

चुनाउ आयोगले यसका साथै ईभीएममा गड़बड़ीको आरोप लगाइरहेका राजनैतिक दलहरूलाई खुल्ला चुनौती दिन तयारी शुरू गरेको छ। मुख्य चुनाउ आयुक्त नसीम जैदीले कतिपय राजनैतिक दलहरूले पाँच राज्यको चुनाउपछि ईभीएमलाई लिएर शङ्का गरेको तर ती कुनैपनि राजनैतिक पार्टीले ईभीएममा गड़बड़ीलाई लिएर सटिक प्रमाण नदिएको बताए। ईभीएमको विश्वासनीयतालाई लिएर विपक्षी पार्टीहरूले लगातार आवाज उठाइरहेका छन्।

ईभीएममा गड़बड़ीलाई लिएर ती राजनैतिक दलहरूको शङ्कालाई हटाउन चुनाउ आयोगले आजको कार्यक्रम राखेको हो। मुख्य चुनाउ आयुक्त नसीम जैदीले गत 12 मईको दिन यस मुद्दामा सर्वदलीय बैठकपछि ईभीएममा गड़बड़ी गर्नसक्ने दावीलाई प्रमाणित गर्ने चुनौती दिने घोषणा गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया