सरकारका परियोजना प्रसार कार्यक्रम

खबर म्यागजिन खबरदाता

दार्जीलिङ, 20 मई 2017


राज्यमा तृणमूल काङ्ग्रेस सरकार गठन भएको 6 वर्ष पूर्ण भएपछि अब यसले जिल्ला प्रशासनमार्फत आफ्ना विभिन्न परियोजनाहरुलाई गाउँ-बस्ती, शहर बजारसम्म फैलाउने कार्यक्रमको शुरूआत गरेको छ। आज दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले यस कार्यक्रमको विधिवत उद्घाटन गरिन्।

यसै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्-राज्यले जनहितमा विभिन्न परियोजनाहरुको शुरूआत गरेको छ, जसमा कन्याश्री, युवाश्री, खाद्य साथी आदि मुख्य छन्, तर यसबारे दार्जीलिङ पहाड़का गाउँ-बस्ती अनि शहरी क्षेत्रका धेरै मानिसहरुलाई थाहै छैन। यसैको जनकारी दिलाउन लोक प्रसार प्रकल्पका कलाकारहरुले गाउँ-गाउँमा सूचनामूलक नाटक, गीत आदि कार्यक्रम गर्नेछन्। एक महीनाव्यापी यस कार्यक्रममार्फत जनतासम्म सरकारका विविध सुविधा-सहुलियतहरुको जानकारी पुऱ्याउने जिम्मेवारी लोक प्रसार प्रकल्पका कलाकारहरूको काँधमा छ, जसले विविध विषयमा नाटकहरू प्रस्तुत गरेर सरकारका परियोजनाहरुबारे जनतामा सूचना प्रदान गर्नेछन्। जसको थालनीमा जिल्लापालले एउटा ट्याब्लुलाई झण्डा देखाएर जिल्लापाल कार्यालयबाट प्रस्थान पनि गराइन्। जुन ट्याब्लुलाई दार्जीलिङका विभिन्न स्थानहरुको परिक्रमा गराइनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन