‘मोदी र चामलिङको कुरा सुनेर दार्जीलिङको स्थिति यस्तो भएको हो’

Girl in a jacket

भाजपालाई राखेका सर्तहरू माने गठबन्धन निश्चितः एसकेएम

‘मोदीको चर्चित भाषणको अंश ‘गोर्खाओं का सपना मेरा सपना’ पनि मुख्यमन्त्री पवन चामलिङले नै सिकाएका हुन्,’ उनले भने, ‘एसकेएमले भने बोलेकोमा होइन तर कर्ममा विश्वास गर्छ।  यदि यस्तो भएको खण्डमा भाजपासित पनि साथ रहनेछैन।’


गान्तोक, 12 मार्च।


हिमाली राज्य सिक्किमको आउँदो आम चुनाउको निम्ति राज्यको इतिहासमै पहिलो पल्ट चुनाउ अघि राजनैतिक गठबन्धन राष्ट्रिय राजनैतिक दलसित हुने तय भएको छ।

सिक्किमको विपक्षी दल एसकेएम र भाजपाले आउँदो चुनाउमा साझा रूपमा लड्न आपसी सहमति भइसकेको तथा यसबारे एसकेएमको सबै केन्द्रिय नेताहरूलाई लिएर पश्चिम सिक्किमको सिङलिङमा अध्यक्ष पीएस गोलेको ऩिवासमा उनकै अध्यक्षतामा सोमबार बैठक भइसकेको प्रवक्ता जेकब खालिङले पत्रकार सम्मेलन आयोजन गरेर बताए।

उनले सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) लाई राष्ट्रिय राजनैतिक दल र केन्द्र सरकारले विश्वास गरेको दाबी गर्दै आफूहरूले भाजपा समक्ष आठवटा विभिन्न मुद्दा राखेको र त्यो लिखित रूपमा सरकार गठन पछि पुरा गरिदिने आश्वासन पाएको खण्डमा गठबन्धन हुने जनाए।

जसमा लिम्बू तामाङको आसन आरक्षण, 11 जात गोष्ठीलाई जनजातिको मान्यता, नागरिक संसोधन विधेयक सिक्किममा लागु गर्न नहुने, सबै सिक्किमेलाई केन्द्रिय आयकर मुक्त राख्ने, नेपालीको आसन पुनबहाल, 371 एफ धाराको पूर्ण सुरक्षा, रूल फोर फोरको सुरक्षा आदी बारे भाजपाको सहमति भएको खण्डमा गठबन्धन हुने बताए।

सरकार गठन भएको खण्डमा सिक्किममा पूर्ण धर्म निर्पेक्षता कायम राख्नु पर्ने र अल्पसंख्यकहरूको संरक्षण हुनुपर्ने मागलाई पनि भाजपा समक्ष उठाएको बताए।

आगामी दुई तीन दिनभित्रमा गठबन्धन र आसन बाँडचुडको हिसाब किताबको पनि निर्णय भइहाल्ने बताए।

यद्यपी भाजपासित साँठगाँठ गर्दा पूर्वोत्तर राज्य र छिमेकी दार्जीलिङवासीले पाएको सास्ती र धोकाबारे प्रश्न गर्दा प्रवक्ता खालिङले भने, ‘मुख्यमन्त्री पवन चामलिङलाई पूर्वत्तरका सबै राज्यका मानिस र नेताहरू आफ्नो नेता मान्दै उनको कुरा सुनेको कारण नागरिक संसोधन ऐन पूर्वोत्तरमा लागु भएको हो।  दार्जीलिङले पनि जनजातिको मान्यताबारे चामलिङकै कुरा सुनेर सही निर्णय लिन नसक्दा यस्तो भएको हो।’

उनले पहिले पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री चामलिङको कुरा सुनेर गोर्खाहरूलाई सपना देखाएको अनि अहिले भने चामलिङलाई विश्वास गर्न छोडेको दाबी गरे।

‘मोदीको चर्चित भाषणको अंश ‘गोर्खाओं का सपना मेरा सपना’ पनि मुख्यमन्त्री पवन चामलिङले नै सिकाएका हुन्,’ उनले भने, ‘एसकेएमले भने बोलेकोमा होइन तर कर्ममा विश्वास गर्छ।  यदि यस्तो भएको खण्डमा भाजपासित पनि साथ रहनेछैन।’

सिक्किममा आउँदो चुनाउ पछि भाजपाको कि एसकेएमको सरकार हुनेछ? भन्ने प्रश्नको उत्तरमा प्रवक्ता खालिङले ‘सिक्किमेको सरकार’ हुने बताए। आसन बाँडचुँडमा भने भाजपालाई 5 देखि 7 आसन दिने तथा लोकसभा भने एसकेएमले नै राख्ने उनले बताए। ‘तर अझै पनि गठबन्धनको अन्तिम निर्णय आउन बाँकी छ,’ प्रवक्ता खालिङले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया