एलबी राईको वयान भयो सत्य साबित, टिस्टा र रङ्गीत (गोजमुमो-2 र तृणमूल) मिलेर भयो तृणमूल (टिस्टा) : मोर्चा नेता तृणमूलको उम्मेदवार हुने

अचम्म त के भने मोर्चा नेताको नाम तृणमूल काङ्ग्रेस उम्मेदवारकोरूपमा अघि आयो। थर्डफ्रन्टको रट लगाउने विनय तामाङको असली अनुहार यसै घोषणाले जनतामा छर्लङ्ग पारेको छ। यसले विनय खेमा मोर्चा अघिबाटै तृणमूलको बीटिमकोरूपमा पपहाडमा राजनैतिक चलखेल गरिरहेको थियो, छ र रहनेछ भन्ने कुराको त प्रमाणित गऱ्यो नै  विनय तामाङले आन्दोलनबारे सम्झौता गरेलगत्तै मोर्चालाई तृणमूलसित विलय गराइसकेको थियो भन्ने कुरा पनि खुलियो। विनय तामाङ र मोर्चाले ढाँटिरहे पनि हिजो मात्र पनि हिल तृणमूल कङ्ग्रेस  नेता राजेन मुखियाले भनेका थिए, ‘उम्मेद्वार जोसुकै होस्, तृणमूल काङ्ग्रेसबाट नै उठ्नेछन्।’  पहाडको तृणमूलले ढाँटेन, तर गोजमुमो-2ले बारम्बार यो कुरा ढाँटेको थियो।


दार्जीलिङ, 12 मार्च


18 जनवरीको दिन बिग्रेड सभाको लागि कोलकाता पुगेको तृणमूल-मोर्चा (विनय खेमा)-लाई पत्रकारहरूले घेऱ्यो। तृणमूलका नेता एलबी राईले नढाँटी भने, ‘गोजमुमो-2 र तृणमूल काङ्ग्रेस मिलेका छौं। पहिले हामी ‘टिस्टा र रङ्गीत’ थियौं। अब मिलेर ‘टिस्टा’ मात्र हुनेछौं। अर्थात हामी अब ‘तृणमूल काङ्ग्रेस’ हुनेछौं।’

उनले यसो भनेको समाचार खबरम्यागजिनले प्रकाशित गऱ्यो। तर बिनय तामाङले बारम्बार यस समाचारलाई निराधार बताइबसे। विनय तामाङले बारम्बार आफ्ना समर्थकहरूलाई अँध्यारोमा राखिबसे। आखिरमा एलबी राईले भनेको कुरा सत्य थियो भन्ने कुरा आज प्रमाणित भएरै छोड्यो।

आज अपरान्ह तृणमूल कङ्ग्रेस सुप्रिमो ममता व्यानर्जीले आगामी लोकसभा चुनाउका उम्मेद्वारहरूको घोषणा गरिन्। त्यसैबीच दार्जीलिङ संसदीय क्षेत्रका लागि अमरसिंह राईको नाम तृणमूल कङ्ग्रेसका उम्मेद्वारको रूपमा सार्वजनिक भयो।

बिग्रेड सभामा जाँदा एलबी राई अघि बोल्दै विनय तामाङले भनेका थिए, ‘हामी बिग्रेडबाट फर्किएपछि तृणमूल काङ्ग्रेस र गोजमुमो मिलेर रणनीति तयार पार्नेछौं। दार्जीलिङ फर्किएपछि चुनाउ प्रचारको लागि एउटा कमिटी पनि बनाउनेछौं।’

त्यसैको नतिजा आज अघि आएको छ। अमरसिंह राई विनय तामाङ खेमा मोर्चाका नेता हुन्। उनी वर्तमानमा दार्जीलिङका विधायक पनि हुन्। उनले सन् 2017 –मा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) मनोनित भएपछि यसका शिक्षा विभागको प्रभार पद पनि सम्हालिरहेका छन्।

भर्खरै शिक्षकहरूलाई दिइने भनिएको शिक्षक नियुक्तिको तार आखिरमा अमरसिंह राईसित जोडिएको खुलासा पनि भयो।

स्पष्ट छ, अमरसिंह राईहरूले नियुक्ति दिनेछन्, साटोमा भोट राईलाई दिनु पऱ्यो। अचम्म त के भने मोर्चा नेताको नाम तृणमूल काङ्ग्रेस उम्मेदवारकोरूपमा अघि आयो। थर्डफ्रन्टको रट लगाउने विनय तामाङको असली अनुहार यसै घोषणाले जनतामा छर्लङ्ग पारेको छ। यसले विनय खेमा मोर्चा अघिबाटै तृणमूलको बीटिमकोरूपमा पपहाडमा राजनैतिक चलखेल गरिरहेको थियो, छ र रहनेछ भन्ने कुराको त प्रमाणित गऱ्यो नै  विनय तामाङले आन्दोलनबारे सम्झौता गरेलगत्तै मोर्चालाई तृणमूलसित विलय गराइसकेको थियो भन्ने कुरा पनि खुलियो।

विनय तामाङ र मोर्चाले ढाँटिरहे पनि हिजो मात्र पनि हिल तृणमूल कङ्ग्रेस  नेता राजेन मुखियाले भनेका थिए, ‘उम्मेद्वार जोसुकै होस्, तृणमूल काङ्ग्रेसबाट नै उठ्नेछन्।’  पहाडको तृणमूलले ढाँटेन, तर गोजमुमो-2ले बारम्बार यो कुरा ढाँटेको थियो।

यस अघि एलबी राईले टिस्टा र रङ्गीत (तृणमूल र विनय खेमा मोर्चा)-को तृणमूल (टिस्टा) भइसकेको कुरा इमान्दारसित खुलाइसकेका थिए। तर विनय तामाङहरूले समर्थक भड्केला भनेर अहिलेसम्म लुकाएर राखेका थिए।

मोर्चा नेताको नाम तृणमूल उम्मेदवारकोरूपमा अघि आउँदा विनय खेमामा मिश्रित प्रतिक्रिया देखापरेको छ। तर केही तप्कामा खुशीको लहर पनि देखापरेको छ। जनसंवाद पोर्टलसित कुराकानी गर्दै गोजमुमो प्रवक्ता सुरज शर्माले भनेका छन्, ‘अमरसिंह राईलाई लोकसभा चुनाउका लागि उम्मेद्वार बनाइएकोमा हामी अत्याधिक खुशी छौं। 10 वर्षपछि हामीले आफ्नै ठाउँको भूमिपुत्र उम्मेद्वार पाएका छौं। उनी भूमिपुत्र उम्मेद्वार मात्र होइनन्, तर शिक्षित र इमानदार व्यक्ति पनि हुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया