अमरसिंह राई ‘रङ दलेर बाघ बनेको स्याल’-जिम्बा

Girl in a jacket

‘विनय तामाङ, अनित थापा र अमरसिंह राईको वास्तविक रूप छर्लङ्ग भएको छ,’ उनले भने,  ‘पहाड़मा गोजमुमो दुईवटा छैन। गोजमुमो एउटै छ विमल गुरुङको , तर तृणमूल कङ्ग्रेस चाहिँ दुईवटा छन् पहाड़मा। एलबी राईको डुप्लिकेट तृणमूल र विनय-अनितको ओरिजिनल तृणमूल। विनय तामाङहरूले आन्दोलन बेचेको कारण आज खुलस्त भयो। आन्दोलन बेच्नेहरू विनय-अनित मात्र होइन, अमरसिंह राईहरू पनि हुन्।’


दार्जीलिङ, 12 मार्च


गोजमुमो-2का नेता अमरसिंह राई तृणमूल काङ्ग्रेसको लोकसभा उम्मेदवार बनेको गोरामुमोलाईमन परेन। गोरामुमो नेता निरज जिम्बाले ठाडो प्रतिक्रिया गर्दै अमरसिंह राईलाई ‘छली’, ‘मीरजाफर’ र ‘जयचन्द’-को संज्ञा दिए।

उनीअनुसार गोजमुमोका विधायक तृणमूल कङ्ग्रेसबाट सांसदको उम्मेद्वार बन्नु गोर्खा जातिले पाएको सबैभन्दा ठूलो विश्वासघात हो।  ‘पहाड़ र समतलका जातिप्रेमी गोर्खाहरू एक भएर यस्ता भूमिपुत्र नामका छलीहरूलाई पराजित गर्नुपर्छ,’ उनले भनेका छन्।

जिम्बाअनुसार अमरसिंह राई माटो विरोधी हुन्। उनले तृणमूलबाट पाएको टिकट आन्दोलन बिथोलेकोमा पाएको पुरस्कार हो।  उनले राईलाई ‘रङ दलेर बाघ बनेको स्याल’-को संज्ञा पनि दिए।

‘विनय तामाङ, अनित थापा र अमरसिंह राईको वास्तविक रूप छर्लङ्ग भएको छ,’ उनले भने,  ‘पहाड़मा गोजमुमो दुईवटा छैन। गोजमुमो एउटै छ विमल गुरुङको , तर तृणमूल कङ्ग्रेस चाहिँ दुईवटा छन् पहाड़मा। एलबी राईको डुप्लिकेट तृणमूल र विनय-अनितको ओरिजिनल तृणमूल। विनय तामाङहरूले आन्दोलन बेचेको कारण आज खुलस्त भयो। आन्दोलन बेच्नेहरू विनय-अनित मात्र होइन, अमरसिंह राईहरू पनि हुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया