ममता ब्यानर्जीले पहाडको सेन्टिमेन्टलाई बुझेर नै भूमिपूत्र उम्मेद्वार दिएकी छन्-शान्ता छेत्री

धेरै वर्षपछि हामीले टीएमसीबाट भूमिपूत्र उम्मेद्वार पाउँदैछौँ’-शान्ता छेत्रीले भनिन्, ‘अमरसिंह राई विधायक पनि हुनुहुन्छ अनि उनले धरै काम गर्नुभएको छ। उनी परिचित व्यक्ति हुन्। उनी जीटीए एडमिन्सट्रेसनका सदस्य पनि हुन्। उनको जनतासित पनि धेरै तालमेल छ। म आशा गर्छु पहाडबासीले निश्चय नै भूमिपूत्रलाई नै चुनाउमा जिताएर पठाउनेछन्।’


कालेबुङ, 12 मार्च।


गोजमुमोका विधायक अमरसिंह राईलाई तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जीले दार्जीलिङ लोकसभा समष्टिका उम्मेद्वार घोषणा गरेपछि तृणमूल राज्यसभा सासंद शान्ता छेत्रीले खुशी व्यक्त गर्दै तृणमूलको जीत निश्चित रहेको दावी गरेकी छन्।

‘धेरै वर्षपछि हामीले टीएमसीबाट भूमिपूत्र उम्मेद्वार पाउँदैछौँ’-शान्ता छेत्रीले भनिन्, ‘अमरसिंह राई विधायक पनि हुनुहुन्छ अनि उनले धरै काम गर्नुभएको छ। उनी परिचित व्यक्ति हुन्। उनी जीटीए एडमिन्सट्रेसनका सदस्य पनि हुन्। उनको जनतासित पनि धेरै तालमेल छ। म आशा गर्छु पहाडबासीले निश्चय नै भूमिपूत्रलाई नै चुनाउमा जिताएर पठाउनेछन्।’

उनले चुनाउमा पहाडबाट अनि बङ्गालभरि नै सत प्रतिशत तृणमूलले नै जित हासिल गर्ने दावी पनि गरेकी छन्।

यस अघिसम्म भूमिपूत्रका नाममा भाजपाको बाहिरका उम्मेद्वार ल्याउने काम भएको थियो। तर यसपल्ट पहाडको सेन्टिमेन्टलाई बुझेर नै ममता ब्यानर्जीले पहाडकै भूमिपूत्रलाई उम्मेद्वार बनाएकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गरिन्। अब तृणमूलले क्षेत्रीय स्तरमा मोर्चासित बैठक गरेर चुनावी कार्यक्रमहरू तय गर्ने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया