गोरानिमोले गऱ्यो भाजपालई सघाउने घोषणा

कालेबुङ, 12 मार्च: गोर्खा राष्ट्रिय निर्माण मोर्चाले यसपल्ट दार्जीलिङ लोकसभा समष्टिबाट भारतीय जनता पार्टीलाई सघाउने घोषणा गरेको छ। दलका अध्यक्ष दावा पाख्रिनले आज एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै भाजपालाई सघाउने निर्णय सुनाएका हुन्।

‘देशको ठूलो स्वार्थमा हेर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अर्को नेता छैन’-दावा पाख्रिनले भने, ‘105 दिनको बन्दमा भाजपाले केही गरेन, जनजाति दिएन भनेर मन दुखाउनु हुँदैन। किनभने राजनीतिमा एक कदम अघाडी, दुई कदम पछाडी हुन्छ। एकैचोटी हुँदैन धैर्य राख्न सक्नुपर्छ।’

सिलगडीमा गोरामुमोले डाकेको सर्वदलीय बैठकमा कङ्ग्रेस, सीपीआईएम जस्ता समतलका दलहरू पनि समावेश भएकोले यी दलहरूले गोर्खाहरूको अलग राज्यको आकांक्षा पूरा गर्न नसक्ने भएकाले नै भाजपालाई समर्थन गरेको पाख्रिनको भनाइ छ।

यतिखेर पाकिस्तानसित खचाखच चलिरहेको, चाइनाले घरिरहेको इत्यादि कारणहरू देखाउँदै पाख्रिनले राष्ट्रको हितमा भाजपालई सहयोग गर्नुपर्ने कारणहरू देखाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया