मणि ट्रस्टलाई जमीन प्रदान

Girl in a jacket

कालेबुङ, 12 मार्च:  स्थानीय बढा भालुखोप राई गाउँ निवासी कमल सुवेदीले आफ्नो 4 डेसिमल जमीन मणि ट्रस्टलाई प्रदान गरेका छन्। उनले मणि ट्रस्टले दार्जीलिङ पहाडभरि गरिरहेको सामाजिक कार्यको सराहना गर्दै ट्रस्टको भावी प्रोजेक्टको निम्ति जमीन दान गरेका हुन्।

‘जब राई गाउँमा हातेतान प्रशिक्षण केन्द्र चलिरहेको थियो त्यसबेला जमीन प्रदान गर्नुपर्ने कुरा भएको थियो। यसैले गाउँमा नै प्रोडक्सन सेन्टर बनाएर दिदीबहिनीहरूले काम गर्नुसकुन् भनेर जमीन प्रदान गरेको हुँ’-कमल सुवेदीले भने।

उनले आफ्नो स्व. बाबा जयमङ्गल सुवेदी अनि आमा लक्ष्मी सुवेदीको नाममा जमीन दान गरेका हुन्।

‘ट्रस्टले पश्चिम बङ्गाल खादी अनि ग्राम उद्योग बोर्डको सहयोगमा 13 फरवरी 2018 मा बढा भालुखोप राईगाउँमा हातेतान प्रशिक्षण केन्द्र शुरू गरेको थियो। प्रक्षिणपछि प्रोडक्सन सेन्टर पनि बनाउने प्रावधान रहेको कारण त्यसेबला जमीनदादाहरूलाई जमीन प्रदान गर्ने आह्वान गरेका थियौँ। फलस्वरूप स्थानीय कमल सुवेदीले मणि ट्रस्टको कार्यको सरहाना गर्दै 4 डेसिमल जमीन प्रदान गरेका छन्। उनको ठूलो ह्रदयको कदर गर्दै हामी आभार प्रकट गर्छौँ’-ट्रस्टका अध्यक्ष सुवास एम. सिंहले भने।

दार्जीलिङ पहाडभरिको अन्य 34 वटा केन्द्रमा पनि कमल सुवेदीजस्ता दाताहरू अघि आएर समाजको हितको निम्ति जमीन प्रदान गर्न सिंहले आह्वान गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया