जातिदेखि माथि उठेर सर्वदलीय बैठकले प्रार्थी चुन्नुपर्छ

Girl in a jacket

मुद्दाको कुनाकुना, कणकण थाहा छ मलाई। मुद्दाको हल पाउने ठाउँ, हल दिने संस्था र हल बोक्ने व्यक्ति पनि चिन्छु। तर सबैले तिमी संसदमा आउ अनि कुरा गर्छौं भन्छन्। छुट्टै राज्य, छैटौं अनुसूची, 11 जातगोष्ठीलाई जनजातिको दर्जा, उत्तरपूर्वीय परिषद्को सदस्य, केन्द्रिय विश्वविद्यालय र अस्पताल, आईटीआई, आईआईएम, मौसम परिवर्तन संस्थान्, वनजङ्गल कानून लागू, निम्नतर रोजको व्यवस्था चियाकमानमा, स्मार्ट सिटीको दर्जा, अन्तराष्ट्रिय संस्थाहरूको विकासमा भागीदारी सबै संसदले नै दिन्छ। सांसद भएपछि दिल्लीमा सांसदले पाउने घरलाई संसदीय क्षेत्रका मानिसका कल्याणर्थ आराम गृह बनाउन नै पर्छ।


महेन्द्र पी. लामा


17औं लोकसभा चुनाउको घोषणा हुनेसाथ राजनीतिक चहल पहल शुरु भयो। पाँच वर्षअघि 2014-मा दार्जीलिङ डुवर्स युनाइटेड डेवलपमेन्ट फाउन्डेशनलाई गोर्खा लीग, सीपीआरएम, भारतीय गोर्खा परिषद् र अन्य पार्टीहरूले चुनाउमा सघाएका थिए। हामी हाऱ्यौं, किनभने हाम्रो काम गर्ने क्षमता, भारत सरकारसँग काम गर्दै आएको अनुभव र संसदमा गएर अहिलेसम्म नपाएका मागहरू ल्याउने ज्ञान र तार्किक शक्ति देखेर अरु पार्टी डराए। हाम्रोमा चुनाउ लड़्ने पैसा थिएन, तर इमानदारिता, क्षमता, ज्ञान, आँट र दूरदर्शिता थियो।

पहाड़, तराई र मधेश क्षेत्रका विभिन्न मञ्चबाट हामीले जे जे कुरो भनेका थियौं, छ्यातछ्यात्ती भयो। हरेक कुरो साँचो निस्क्यो, गत पाँच वर्षमा। दार्जीलिङका जनताले छुट्टै राज्यको त कुरै छोड़्यौ, सामान्य विकाससम्म पनि पाएनन्। दुःखै दुःखमा रूमलिएर पाँच वर्ष बिताए। कसले मजा गऱ्यो? कुन पार्टीले के गऱ्यो? सबैको मनमा नै छ। चियाकमान अझै सुक्यो। सरकारी गैर सरकारी संस्थाहरू भत्काइए। भारत सरकारका कैयौं विकास पुग्दै पुगेन। युवा युवतीहरूका सपना चकनाचुर बन्यो।

अर्को चुनाउ 18 अप्रेलमा हुँदैछ। यसपालि अर्को मौका हो। राष्ट्रिय-अन्तराष्ट्रिय क्षेत्रमा अनुभव भएका, भारत सरकारसँग प्रधानमन्त्रीदेखि नोकरशाहीसँगै काम गरेका, विकास र कोष देश-विदेशबाट ल्याउने क्षमता भएका र दार्जीलिङको संसदीय क्षेत्रका मागहरू संसदभित्र प्रभावशाली ढङ्गमा राखी सफलतापूर्वक जनतालाई ल्याएर दिने व्यक्तिलाई संसदमा पठाउन पर्नेछ। संसदमा पनि मान्छे हाँस्यो। 1500 किलोमिटर टाढ़ो रहेको संसदीय क्षेत्रले दार्जीलिङको प्रतिनिधि बनाएर पठाएकोमा। अरे आफ्नो अनुहार पठाउनुहोस्। चिनारीको प्रथम परिचय नै त्यो हो।

दार्जीलिङ पहाड़ र तराईका दलहरूले सर्वदलीय बैठक गर्दैछन्। सर्वदलीय बैठकले एउटै उम्मेद्वारलाई छान्नु र घोषणा गर्नुपर्छ। अति नै घतलाग्दो कुरा के छ हो भने सीपीएम र कङ्ग्रेसले सर्वदलीय बैठकले चयन गरेको प्रार्थीलाई सघाउने खुल्ला आश्वासन दिएका छन्। योभन्दा ठूलो त्याग के हुन सक्छ? बीजेपी, तृणमूल र सर्वदलीय प्रार्थीबीच टक्कर भएको खण्डमा सीधै सर्वदलीय प्रार्थीले जित्छ। सर्वदलीय प्रार्थी छान्नुमा सीपीआरएम, जाप, सुमेटी मञ्च र गोर्खा लीगको भूमिका रहेपछि, पहाड़को पुरानो र मान्य दल जीएनएलएफको भूमिका अति नै अहम रहन्छ।

सर्वदलीय बैठकले एउटै प्रार्थी छानेर घोषणा गरेको खण्डमा सबैले दिलोज्यानले सघाउन पर्छ। प्रार्थी कोही पनि क्षमतावान, इमानदार, संसदमा टक्कर दिनुसक्ने र देश-विदेशको अनुभव भएका व्यक्ति हनसक्छ। यदि म आफैलाई पनि सर्वदलीय बैठकले प्रार्थीको रूपमा अघि ल्याउँछ भने म चुनाउ लड़न तयार छु। तर सर्वदलीय बैठकले फेल खाएर तीन-चारजना चुनाउ लड़न अघि आए म यसपालि कसै गरेर पनि चुनाउ लड़्न तयार छुइनँ। जितेर अहिलेसम्म नपाएका मुद्दाहरू ल्याउनलाई लड़्छु।

मुद्दाको कुनाकुना, कणकण थाहा छ मलाई। मुद्दाको हल पाउने ठाउँ, हल दिने संस्था र हल बोक्ने व्यक्ति पनि चिन्छु। तर सबैले तिमी संसदमा आउ अनि कुरा गर्छौं भन्छन्। छुट्टै राज्य, छैटौं अनुसूची, 11 जातगोष्ठीलाई जनजातिको दर्जा, उत्तरपूर्वीय परिषद्को सदस्य, केन्द्रिय विश्वविद्यालय र अस्पताल, आईटीआई, आईआईएम, मौसम परिवर्तन संस्थान्, वनजङ्गल कानून लागू, निम्नतर रोजको व्यवस्था चियाकमानमा, स्मार्ट सिटीको दर्जा, अन्तराष्ट्रिय संस्थाहरूको विकासमा भागीदारी सबै संसदले नै दिन्छ। सांसद भएपछि दिल्लीमा सांसदले पाउने घरलाई संसदीय क्षेत्रका मानिसका कल्याणर्थ आराम गृह बनाउन नै पर्छ।

पार्टी, जातिदेखि माथि उठेर सर्वदलीय बैठकले प्रार्थी चुन्नुपर्छ। सीपीएम र कङ्ग्रेसजस्ता राष्ट्रिय दलहरूले यही कुरा भन्दैछन्। केन्द्रमा कुनै सरकार आए पनि र बङ्गाल सरकारसँग पनि स्वस्थ्य सम्बन्ध राख्ने सांसदको खोजी गरौं। लुटेर, पिटेर, खेदेर, जलाएर, पक्रेर दुःख दिने व्यक्ति होइन। प्रजातन्त्रको मूलधार नै चुनाउ हो। चुनाउले छानेको व्यक्तिले छान्ने समुदाय, क्षेत्र र आकांक्षाको ऐना भएर काम गर्न सक्नु पर्छ। धेरै गुमायौं, धेरै लुटियौं, केही पाएनौं। नानीहरूको भविष्य नै अन्धकारमा हुनेभयो। पाँच पाँच वर्ष गर्दै जीवनको बहुमूल्य अवधि नै स्वाहा पाऱ्यौं।

एकपल्ट जागौं, जगाऔं र सुखद भविष्यतिर लागौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया